काठमाण्डौ – गएको दुई महिनामा नेपालमा काम गर्न झण्डै १४ सय विदेशी नागरिकले श्रम स्वीकृति लिएका छन् । गएको वैशाख महिनामा नौ सय ७४ र जेठ महिनामा चार सय २२ जनाले गरी दुई महिनाको अवधिमै नेपालमा काम गर्नका लागि १३ सय ९६ जना विदेशी नागरिकले नयाँ श्रम स्वीकृति लिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । यस्तै गएको वैशाख र जेठमा गरी १२ सय ९ जना विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराएका छन् । वैशाखमा एक हजार ७२ जना र जेठ महिनामा एक सय ३७ जना विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराए...