खाँदबारी- पूर्वी हिमाली जिल्ला सङ्खुवासभामा डेंगी सङ्क्रमितको सङ्ख्या एक हजार सात सय पुगेकाे छ। सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चासो राखेको छ। महाशाखाले सङ्खुवासभाका १० स्थानीय तहका प्रमुख, उपप्रमुख र स्वास्थ्य प्रमुखलाई सदरमुकाम खाँदबारीमा भेला पारेर डेंगी सङ्क्रमण नियन्त्रण र रोकथामका बारेमा शुक्रबार जानकारी लिएको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका […]