कालो धन प्रकरणमा जोडिएकी ज्याकलिनलाई प्रहरीले एअरपोर्टबाट फर्कायो

एजेन्सी । मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिज २०० करोड भारतीय रुपैयाँ (कलोधन) प्रकरणमा अनुसन्धानको घेरामा छिन् । जसका कारण उनलाई बिदेश जान अहिले रोक लगाईएको छ । बिदेश जानको लागि बिमान स्थल पुगेकी यी अभिनेत्रीलाई बिमान स्थलबाटै प्रहरीले फर्काईदिएको छ । उनी बिदेश गएको खन्डमा २०० करोड प्रकरणको अनुसन्धानमा आँच पुग्ने प्रहरीको कथन छ […] The post कालो धन प्रकरणमा जोडिएकी ज्याकलिनलाई प्रहरीले एअरपोर्टबाट फर्कायो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

कहिले साटिन्छन् हाम्रा भारतीय नोट ?

कालो धन, नक्कली मुद्रा तथा आतंकवादी गतिविधि नियन्त्रण गर्ने भन्दै भारत सरकारले यो नीति ल्याएको मोदीको दाबी थियो ।...

कसले बनायो मध्यरातमा पूर्वपश्चिम राजमार्गमा खाडल ?

'बम पड्केर परेको खाडल हो कि ? कि कसैले कतै कालो धन खोज्ने चक्करमा सडक खनेकाे हाे । अझै खुलेकाे छैन', पत्रकार एवं स्थानीय बासिन्दा हेमन्त चाैधरीले भने ।

बोरामा भरेर राखिएका थिए २७५ किलो सुनचाँदी, फिल्मी शैलीमा लुकाइएको थियो कालो धन

भारतको कानपुरमा अत्तर व्यवसायी पियूष जैनको घरबाट कालो धन भेटिने सिलसिला जारी भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । सुरुमा कानपुरबाट १७७ करोड भारु नगद भेटियो र अहिले उनको कन्नौजस्थित घरमा पनि खजाना भेटिएको छ । यहाँ आइतबार तेस्रो दिनपनि जैनको घर र कारखानामा सेन्ट्रल गुड्स एण्ड सर्भिस ट्याक्स (सिजिएसटी) र आइटीको अनुसन्धान जारी छ । शनिबार अबेर राती उनको घरमा एउटा गोदाम पनि भेटियो ।यसमा २५० किलो चाँदी र २५ किलो सुनले भरिएका बोरा भेटिए । चाँदीको मूल्य करिब पौने दुई करोड भारु र सुनक

अभिनेत्री ज्याकलिनको २०० करोड कालो धन

मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिज २०० करोड भारतीय रुपैयाँ (कलोधन) प्रकरणमा अनुसन्धानको घेरामा छिन् । जसका कारण उनलाई बिदेश जान अहिले रोक लगाईएको छ । बिदेश जानको लागि बिमान स्थल पुगेकी यी अभिनेत्रीलाई बिमान स्थलबाटै प्रहरीले फर्काईदिएको छ । उनी बिदेश गएको खन्डमा २०० करोड प्रकरणको अनुसन्धानमा आँच पुग्ने प्रहरीको कथन छ । सोही […] The post अभिनेत्री ज्याकलिनको २०० करोड कालो धन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

संसदमा एमालेको नारा 'गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन'

एमालेले आजको बैठकमा 'कालो धन हामीलाई चाहिँदैन, देश लुट्न पाइँदैन' भन्ने नारासँगै 'गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन' भन्दै नारा लगाएको हो।

कालो धन कि खैरो धन

खोज पत्रकारहरूले प्यान्डोरा पेपर्स नामक रिपोर्ट अर्थात् प्यान्डोराको बाकस खोले । त्यो बाकसभित्रबाट कतिपय धनाढ्य नेपालीले गैरकानूनी धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा अफसोर कम्पनी खोलेर गोप्य लगानी गरेको कुरा बाहिर आयो । ग्रीक पौराणिक कथामा त प्यान्डोराको बाकस खोलेपछि त्यसबाट भयानक कुराहरू, जस्तै– लोभ, घृणा, ईष्र्या, रोग, भोक, शोक, गरीबी, युद्ध र मृत्यु आदि जस्ता कुराहरू निस्केर संसारलाई पूरै बदलिदिएको थियो । तर पत्रकारहरूले खोलेको प्यान्डोरा पेपर्सले अरू देशमा के भयो कुन्नि, नेपालमा भने केही भएन । र, केही हुनेवाला पनि छैन ।   चार्ल्स शोभराजले नेपालको भन्सारबाट हात्ती नै छिराइदिन्छु, कसैले थाहै पाउन सक्तैनन् भन्थे । उनले भनेको हात्तीको अर्थ त हात्तीको फोटो भएका नोट पो रहेछ । पहिले पहिले पनि कहिले पनामा पेपर्स, कहिले विकिलिक्स त कहिले नेपालिक्स भनेर विभिन्न नाममा प्यान्डोराज् बक्स खोलिएकै हो । तर त्यसको क्यै प्रभाव परेको छैन हाम्रो देशमा । उता विदेशमा पनामा पेपर्स लिक्स हुँदा आइसल्याण्डकी प्रधानमन्त्री लगायतले पदबाट हात धुनुपरेको थियो । पाकिस्तानका पूर्वप्रम नवाज सरिफ र उनकी छोरीलाई १०औं वर्षको जेल सजाय सुनाइएको थियो । अर्थात् विदेशमा यस्ता रिपोर्टहरूको क्यै न क्यै काम भा छ । तर नेपालमा ? बहादुरहरूको देश पो हो त ! यस्ता जाबो लिक्सले छुस्स पनि छुन सक्दैन । अचम्मको कुरो चैं के भने देशमा यत्तिका कानूनहरू छन्, जसले नेपालीलाई विदेशमा पैसा लैजानबाट रोक्छ र विदेशबाट आउनबाट पनि छेक्छ । हिजो राजतन्त्रमा पनि त्यस्तो कानून थियो । आज गणतन्त्रमा पनि छ । तर पैसा त सुतुसुतु छिरेर बाहिर गइरहँदो रेछ । अनि उताबाट पनि हुतुतुुतु आइराकै छ । अनि कसरी आउँदा रेछ त ? चार्ल्स शोभराजले नेपालको भन्सारबाट हात्ती नै छिराइदिन्छु, कसैले थाहै पाउन सक्तैनन् भन्थे । उनले भनेको हात्तीको अर्थ त हात्तीको फोटो भएका नोट पो रहेछ । अर्को अचम्म, धेरै देशका राजनीतिक नेताका नाम यो रिपोर्टमा आएको छ । तर एउटै नेपाली नेताको नाम परेको छैन । तर नेपालका नेताले प्यान्डोरा पेपर्समा आफ्नो नाम आउने हैशियत बनाएका रहेनछन् भनेर भ्रममा नपर्नु होला । प्यान्डोरा पेपर्समा आफ्नो नाम नआउने गरी चाँजोपाँजो मिलाउन सक्ने खुबी पो छ त हाम्रा नेताहरूमा । कथं नाम आइहाले पनि केही नहुने माहोल बनाउने कला पो छ त उनीहरूमा । नेपालीलाई खुलेआम पैसा इधरउधर गर्न चाहिँ कानूनले रोक्ने रहेछ, घुम्टो ओढेर आवतजावत गर्न चाहिँ समस्या रहेनछ । त, अनुसन्धान केमा गर्न पर्ने देखियो भने पैसा यहाँबाट जाँदा कस्तो घुम्टो लगाएर जाँदो रेछ । उताबाट आउँदा पनि कुनै देशबाट घुम्टो लगाएर मात्र आउन पाउने र कुनै त्यस्तै देशबाट चैं घुम्टो खोलेरै आउन पाउने रेछ । अलिकति आइडिया त अर्बपति बन्धुले किताबै लेखेर दिएका थिए क्यारे ! यो कत्तिले बुझे कुन्नि ! यता अहिलेको सरकारले आर्थिक विधेयकमार्फत कालो धनलाई सेतो धन बनाउने व्यवस्था गर्‍यो । त्यो पनि छापामार शैलीमा अर्थात् विपक्षीले गरेको संसद् अवरोधकै बीचमा । यसलाई कत्तिले ‘ला वित्यासै पार्ने भो । सरकारले कालो धनलाई सेतो बनाउन लाग्यो’ भन्ठानेका छन् । त कसैले भने, होइन, खैरोलाई चाहिँ सेतो बनाउन दिन थालेको हो भनेर यसको समर्थन पनि गरेका छन् । तर अचम्म त के भने ह्याँ स्वदेशमै जम्मा भएको खैरो धन चैं बाहिर निक्लन मनाही रे । तर सात समुद्रपारि सेन्ट किट्स एण्ड नेभिस जस्ता ट्याक्स हेभन हो कि ह्यावेनमा जम्मा भएको नक्कली धन चैं मजाले ल्याउन पाउने रे । ‘नेपालको कानून, दैवले जानून्’ भन्थे, हो रेछ । कि त नेपाली उद्योगी व्यवसायीलाई पनि अब नेपालमै नयाँ सेन्ट किट्सको सृजना गर्न सुझाउनुपर्‍यो । भन्नुहोला ह्याँ टापु छैन । कसरी बनाउने ट्याक्स हेभन सेन्ट किट्स वा ब्रिटिश भर्जिन आइल्यान्ड्स भनेर । तर चाहेमा बनाउन सकिहालिन्छ नि । समुन्द्र भए मात्र पोर्ट हुने हो र ? ड्राइपोर्ट अर्थात् सुक्खा बन्दरगाह भन्ने पनि त हुन्छ नि । हो त्यस्तै, ह्याँ पनि ‘ड्राई आइल्यान्ड’ अर्थात् सुक्खा टापु बनाउने नि । अनि त्यो सुक्खा टापुलाई ट्याक्स हेभन भनिदिने र त्यहाँबाट सबै प्रदेशमा लगानी आउन र जान दिने बनाउने । अनि हरेक प्रदेशमा लगानी सम्मेलन गरेर एउटा प्रदेशको लगानी अर्कोमा लाने र ल्याउने गरिरहने । सम्भवतः सरकारले यस विषयमा सोचिरहेको पनि होला । किनकि यहाँबाट ह्वाँ पुगेर त्यै पैसा फेरि ह्याँ आइरहेको छ । त्यसको सट्टा पैसा उता जानै नदिने । बरु ‘ट्याक्स हेभन’ ह्यैं सृजना गर्ने । हुन्न ? एपीजेड, जीपीजेडको साटो अब एमएलजेड अर्थात् मनी लण्ड्रिङ जोन खोलेमा झन् काइदा हुन्छ क्या ! यता सरकारले निश्चित क्षेत्रमा २०८० सालसम्ममा गरेको लगानीको आयस्रोत नखोज्ने व्यवस्था गर्ने भनेको थियो । उता खोज पत्रकारहरूले नेपालीको विदेशमा अवैध लगानी छ भनेर प्रतिवेदन निकाले । यो काकताली होला कि कसैको बालीनाली अर्थात् खेती होला ? खैर यो जे होला, पछि थाहा हुँदै जाला । अहिलेलाई भने यत्ति कुरा चैं बुझौं कि सरकारले स्रोत खोज्नुपर्दैन भनेको मतलव अब सरकारले देश विकास गर्ने भो भन्ने चाहिँ होइन । त्यो भ्रममा चैं पर्दै नपर्नु होला है । विगतमा देश विकास गर्न भनेर घर घरमा बन्दुक देखाएर संकलन गरेको पैसा तह लाउने उपाय चाहिँ पक्कै हो । खै कुरा बुझ्या ? त्यसैले चिन्ता खैरो धन अर्थात् पुराना घरानाको अप्रमाणित पैसा बाहिर आउन दिने विषयमा हुनु हुँदैन । चिन्ता रगतको पैसा अर्थात् हत्या, आतंक, लुटपाट, लागूपदार्थको किनबेच, मानव बेचबिखन आदिबाट गरिएको लाल धनको चैं हो । व्यवसायीलाई फाइदा भए फरक पर्दैन । किनकि उसले त्यो फाइदाबाट फेरि लगानी गर्छ र नयाँ रोजगारी सृजना गर्छ । तर लुटेराहरूलाई फाइदा भयो भने फेरि नयाँ नयाँ बन्दुक किन्छ र मान्छेका कन्चट ताक्न थाल्छ । समस्या वा चिन्ता यसमा चैं हो । शायद सरकारको ढिलासुस्तीमा यो नै प्रमुख कारण हो । सुन्नेलाई सुनका माला, भन्नेलाई फूलका माला । समयमै कुरा बुझ्नोस् । प्यान्डोरा बक्स खोल्न कुद्नुस् । कतै सेतो, खैरो वा कालो धनको पोको फेला पारिहाल्नु हुन्छ कि ? अहिलेलाई भने हिले दशैं २०७८ को हार्दिक मंगलमय शुभकामना !

प्रचण्ड पार्टीको लाइन छोडेर पलायन भए– रामबहादुर थापा

अर्थ मन्त्रालयले आर्थिक स्रोत खुलाउन नपर्ने भन्ने पछिल्लो भनाइले देशमा कालो धन मौलाउने बाटो खुला गरिदिएको उहाँको भनाइ छ ।

कालो धन विज्ञ प्राध्यापक नै कालो धन थुपारेको आरोपमा पक्राउ

लागुऔषध ओसारपसार, नियोजित अपराध र कालो धन ओसारपसारबारे किताब लेखेका प्राध्यापक ब्रुस बागले हालै २५ लाख अमेरिकी डलर कालो धन थुपारेको आरोपमा गिरफ्तार भएका छन्।