नेकपा एमाले छाडेपछि लगभग सक्रिय राजनीतिबाट अलग भएका वामदेव गौतम निर्वाचन घोषणापछि फेरि जुर्मुराएका छन् । हाल राष्ट्रियसभा सदस्य रहेका उनी आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा छन् ।२०७४ को निर्वाचनमा बर्दियाबाट पराजित भएका उनी सत्ता गठबन्धनको सहयोगमा आसन्न निर्वाचनमा उम्मेदवार बन्ने तरखरमा जुटेका हुन् । उनलाई नेकपा माओवादी केन्द्रले आफ्नै चुनाव चिह्न दिने भएको छ । उनी यो पटक प्युठानबाट उम्मेदवार बन्ने चर्चा छ ।प्युठान जिल्लाको प्युठान नगरपालिकामा जन्मिएका गौतम विगतमा यहीँबाट