इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा लडाकुसँग भएको झडपमा परी ५ सैनिकको मृत्यु भएको त्यहाँको सेनाले आइतबार जनाएको छ । घटना बलुचिस्तानको केच जिल्लामा शनिबार भएको हो । बलुचिस्तानमा सेनाले दशकौँदेखि विभिन्न विद्रोही समूहसँगसँग लडिरहेको छ । “आतङ्ककारीहरूले सुरक्षा बलको गाडीलाई लक्षित गरी विस्फोट गराएका थिए भने त्यसपछि दुई पक्षबीच भीषण सशस्त्र झडप भएको सेनाद्वारा जारी […]