काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज राति प्रदेश १, प्रदेश २,लुम्बिनि तथा बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाद्वारा जारी सूचनामा भनिएको छ, “उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ।”