लगातार दोस्रो दिन कोरोना निको हुने संख्या धेरै, २४ को मृत्यु

लगातार दोस्रो दिन नेपालमा कोरोना संक्रमित भन्दा निको हुने धेरै रहेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लाे २४ घण्टामा १९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकोमा २२४८ जना संक्रमणमुक्त भएका छन् । यसअघि शनिबार २०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने २३८२ जना संक्रमणमुक्त भएका थिए । मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनामा कोरोना परीक्षण भएकोमा १९२० जनामा संक्रमण पुष्टि भएको हो।  सोही अवधिमा २४ जनाले ज्यान गुमाएका छन्  यससँगै देशभर कोरोन

सम्बन्धित सामग्री

२४ घण्टामा ९ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४००

पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका छन् । ४०४३ जनामा गरिएको नमूना परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएको छैन ।मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या ४ सय रहेको छ भने २४ घण्टामा ३०८८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिले कोरोना निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ ।

थप २४१ जनामा कोरोना पुष्टि, संक्रमितको मृत्यु शून्य

पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार अद्यावधिक विवरण सार्वजनिक गर्दै ८ हजार ८९७ जनामा परीक्षण गर्दा २४१ संक्रमित पुष्टि भएका जनाएको छ । बिहीवार देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ रहेको छ । कोरोना निको भएर थप २२८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । बिहीवारको विवरणअनुसार कोरोनाले थप मृत्यु भएन । बिहीवारको विवरणमा थप मृत्यु शून्य देखाइएको छ ।

थप २२० जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा दुई जना संक्रमितको मृत्यु भएको छ भने २५३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।  स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ४३५ र एन्टिजेन विधिबाट १ हजार १७५ जनामा परिक्षण गरिएको थियो ।हाल कोरोना निको  हुने दर ९८ प्रतिशत रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९१० रहेको मन्त्रालयले जनाएको छ ।

देशभर १० हजार २३६ सक्रिय संक्रमित, कोरोना निको हुनेदर ९७.३ प्रतिशत

बिहीबारसम्म देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६६४ जना संक्रमण मुक्त भएका छन् । यस्तै सोही अवधिमा २ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ११ हजार ४०७ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ३६९ जना पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ७ लाख ८९ हजार ७८९ जना निको भएका छन् । हाल देशभर कोरोना

कोरोना निको हुने दर ९७.२ प्रतिशत, २४ घण्टामा ५४५ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ५४५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७२६ जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना निको हुने दर ९७.२ प्रतिशत रहेका छन् । अर्थात हालसम्म कोरोना संक्रमितमध्ये ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ७ हजार ५२२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ लाख ७७१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ३२६

नेपालमा कोरोना निको हुने दर ९३ % :   स्वास्थ्य मन्त्रालय

असार १७, काठमाडौं । नेपालमा पछिल्लो पटक कोरोना संक्रमणबाट निको हुने दर ९३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।  हालसम्म ६ लाख १४९ जना सङ्क्रमित निको भइसकेको पनि मन्त्रालयले बताएको छ । विगत २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १४५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ पुगेको छ । यसैगरी सो अवधिमा ४ हजार १७ जना निको भएका छन् । हालसम्म ६ लाख १४९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

आज ५ हजार २२५ जना कोरोना संक्रमित निको भए

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर आज ५ हजार २२५ जना कोरोना संक्रमित निको भएको जनाएको छ। योसँगै कोरोना निको हुनेको संख्या नेपालमा ५ लाख २० हजार ८१६ पुगेको छ। नेपालमा कोरोना निको हुनेको दर ८६.२ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ४ हजार ३९६ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ८ हजार ३०५ जनाको मृत्यु भएको छ।

१० दिनमा पाँच गुणाले बढ्यो संक्रमण, मृतकको ग्राफ पनि उकालो लाग्दै

काठमाडौं : नेपालमा पछिल्लो मसय कोरोना संक्रमणको दर तिव्र रुपमा फैलिएसँगै मृत्यु हने संक्रमितको संख्या पनि बढ्दो छ। सरकारले कोरोनाको परीक्षण दर बढाएसँगै संक्रमितको संख्या पनि बढेको हो। पछिल्लो १० दिनमा संक्रमित र मृत्यु दर पाँच गुणाले बढेको छ।स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोना निको हुने दर भन्दा संक्रमण संख्या अधिक छ। १० दिनको अवधिमा १६ हजार तीन सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वैशाख २ गते पाँच सय ३४ जनालाई संक्रमण पुष्टि भएकोमा शनिबार दुई हजार ६ सय १९ मा कोरोना पुष्टि

भारतमा एकैदिन २ हजार १०२ कोरोना संक्रमितको मृत्यु

नेपालको छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणको महामारीले भयावह रूप लिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १५ हजार ७२८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार १०२ संक्रमितको मृत्यु भएको छ । कोरोनाले विकराल रूप लिएसँगै कोरोना निको हुने दर घट्दै गएको छ । भारतमा कोरोना निको हुने दर घटेर ८५.०१% पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा बिहीवार सक्रिय संक्रमितको संख्या २२ लाख ८४ हजार २०९ रहेको छ । कोरोना बढ्दै गएपछि भारतका विभिन्न राज्यमा अक्सिजन र भेन्टिलेटरको अभाव देखिएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय नाघ्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ सय नाघेको छ । बिहीबार अपरानहसम्म १ हजार ९०३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १३२ पीसीआर परीक्षण गर्दा ४१२ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४८३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना निको हुने दर ९७.४ प्रतिशत पुगेको छ ।