काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गर्नुभएको छ ।
आज शुक्रवार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका निर्णयहरू सार्वजनिक गर्न काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीमा फर्किन आह्वान गर्नुभएको हो । गल्ती स्वीकार गरेर आत्मालोचना गरी पार्टीमा फर्किन उहाँले आग्रह गर्नुभयो ।
महा...