काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) आफू नेतृत्वको सरकारले अगाडि बढाएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हदैसम्मकाे झुट र बेइमानी कुरा गरेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको, दाहाल नेतृत्वको सरकारले अघि बढाएको त्याे कार्यक्रम आफू नेतृत्वको सरकारले अस्वीकार गरेको तथ्यलाई बिर्सेर दाहालले झुट र बेइमानीपूर्ण गरेको स्पष्टीकरण दिनुभएको हो ।
पार्टीबाट निर्वाचित पालिकाका जनप्रतिनिधिका लागि...