एकताका विषयमा झलनाथ खनाल र उपेन्द्र यादवबीच छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा शुक्रबार दुई नेताबीच भएकाे भेटवार्तामा पार्टी एकताकाे विषयमा छलफल भएकाे हाे । डेढ घण्टा बढी भएको वार्तामा दुई नेताबीच समाजवादी एकता र वाम ध्रुवीकरणका विषयमा छलफल भएको स्रोतले बताएको छ । […]

सम्बन्धित सामग्री

झलनाथ खनाल पराजित

काठमाडौँ – इलाम क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित भएका छन्। उनलाई नेकपा एमालेका महेश बस्नेतले पराजित गरेका हुन्। खनाल २ हजार ६६२ मतले पराजित भएका हुन्। बस्नेतले २५ हजार ७५० मत पाउँदा खनाले २३ हजार ८८ मत पाए। मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।

झलनाथ खनाल पार्टी काममा सक्रिय

२७ कात्तिकमा नेकपा एसको केन्द्रीय कमिटी बैठक  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल साढे चार महिनापछि पार्टी काममा सक्रिय भएका छन् । पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा सोमबार दिउँसो आफ्नै अध्यक्षतामा...

एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल चयन भएका छन्। विभागको उपप्रमुखमा प्रमेश हमाल रहेका छन्। यस्तै सदस्यहरुमा डा. विजय पौडेल, मञ्जु यादल, मिलन तुलाधर, वाइपी संग्रौला...

झलनाथ खनाल स्वदेश फर्किए, विमास्थलबाटै यस्तो घोषणा

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएका छन् ।

झलनाथ खनाल नर्भिक भर्ना, अक्सिजन सपोर्टमा उपचार हुँदै

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भएका छन्। उनलाई नर्भिक अस्पताल भर्ना गरिएको छ।

सङ्क्रमणमुक्त भए नेता झलनाथ खनाल, केही दिन अस्पतालमै रहने

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड-१९ सङ्क्रमणमुक्त भएका छन्।

झलनाथ खनाल संक्रमणमुक्त

काठमाडौं : नेकपा एमलेका वरिष्ठ नेता झलनाथ खनाल कोभिड-१९ बाट संक्रमणमुक्त भएका छन्। संक्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना भएका खनालको आइतवार नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ। 'करिब एक हप्ताअघि कोभिड-१९ को लक्षण देखा परे पश्चात म नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना भएको थिएँ। डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त…

झलनाथ खनाल  दिल्ली प्रस्थान,राजनीतिक भेटघाट नगर्ने

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन्  । खनाल नियमित स्वास्थ्य उपचारको लागि शुक्रबार बिहान दिल्ली गएका...

झलनाथ खनाल दिल्ली प्रस्थान

काठमाडौं : प्रचण्ड माधव नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन्। नेता खनाल नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली प्रस्थान गरेका हुन् । खनाल नियमित स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली उडेको नेकपाका नेता विष्णु रिजालले जनाएका छन्। स्वास्थ्य परीक्षणपछि उनी सोमवार स्वेदश फर्कनेछन्।

दिल्ली गए झलनाथ खनाल

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ट नेता झलनाथ खनाल शुक्रबार दिल्ली जाने भएका छन्। आफ्नो स्वास्थ्य उपचारका लागि उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली जान लागेका हुन्।