काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउनुपर्ने माग उठेको छ। यसअघि कांग्रेसमा रामचन्द्र पौडेल वरिष्ठ नेता थिए। राष्ट्रपतिमा निर्वाचित भएसँगै पौडेल कांग्रेसबाट अलग भइसकेका छन्।
गोपालमान पार्टीमा उपसभापति भइसकेको व्यक्ति भएकोले उनलाई वरिष्ठ सदस्यको पद दिनुपर्ने माग आफूले बैठकमा उठाएको केन्द्रीय सदस्य जिपछिरिङ लामाले…