मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि कास्की जिल्लाका संवेदनशील मतदानस्थल तथा केन्द्रको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ । समितिले आज मादी गाउँपालिकाअन्तर्गत वडा नं ३ ताङतिङस्थित वडा कार्यालयको नयाँ भवन, वडा नं ४ याङजाकोटस्थित सीताराम माध्यमिक विद्यालय, वडा नं २ ताङतिङस्थित हिमालय मिलन मावि सहितका तीन ठाँउमा मतदानस्थलको अनुगमन गरेको हो । टोलीले मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङसँग यस क्षेत्रको अवस्था लगायतमा जानकारी लिएको थियो ।अनुगमनमा कास्कीका प्रमुख जिल्ला अ