नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै घिसिङलाई नियुक्त गरेको हो। तर सरकारले घिसिङ पुनःनियुक्तिलाई गोप्य राखेको थियो। एक साताअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शाक्यलाई प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राखेर राजीनामा दिन आग्रह गरेको समाचार […]