अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बनाएका बाँध, तटबन्ध जस्ता भौतिक संरचनाका कारण बर्खा सुरु हुनासाथ सीमावर्ती नेपालीले डुबान–कटानको समस्या भोग्दै आए पनि समाधानका लागि सरकारले पहल गरेको छैन । सीमाका संरचनाका कारण निम्तिने जोखिम न्यूनीकरणका लागि द्विपक्षीय संयन्त्रका बैठकसमेत नियमित रूपमा हुन सकेको छैन ।