वीरगञ्जपछि जनकपुरमा पनि एमालेको कार्यक्रममा राजपाको अवरोध प्रयास

नेकपा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको कार्यक्रममा राष्ट्रिय जनता पार्टी राजपाका कार्यकर्ताले जनकपुरमा अवरोध प्रयास गरेका छन्। जनकपुरको पिडारी चोकमा एमालेको सभा चलिरहँदा राजपाका कार्यकर्ताले केहीबेर नाराबाजी गर्दै विरोध गरेका हुन्। तर, प्रहरीले राजपाका कार्यकर्तालाई हटाएपछि झडप भने हुन पाएन। उनीहरूले नेता नेपाललाई कालो झण्डा देखाउँदै एमाले मधेश विरोधी भएको भन्दै नारा लगाएका…

सम्बन्धित सामग्री

‘स्वार्थपूर्ति भए सदन चल्न दिने, नत्र अवरोध गर्ने एमालेको निर्लज्ज चरित्र’

जनकपुर– एमालेले सदनमा निर्लज्जतापूर्ण चरित्र प्रस्तुत गरिरहेको कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको आरोप छ। नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै जनताको अभिमत लिएर सत्तामा जाँदा संसद् विघटन गर्ने एमालेले प्रतिपक्षमा हुँदा पनि संसद् चल्न नदिनु अलोकतान्त्रिक र निर्लज्जतापूर्ण चरित्र भएको आरोप लगाए। एमालेले सत्तामा हुँदा होस् वा प्रमुख प्रतिपक्षी हुँदा होस् […]

एमालेले संसद चल्न नदिँदा नागरिकता विधेयक अघि बढ्न नसकेको प्रचण्डको दाबी

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका कारण नागरिकता विधेयक अघि बढ्न नसकेको बताउनुभएको छ । जनकपुरमा भएको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले मधेसका कयौँ व्यक्ति नागरिकता विहीन भइरहेको अवस्थालाई अन्त्य गर्न सरकारले विधेयक संसदमा पेश गरे पनि एमालेको अवरोधका कारण अगाडी बढ्न नसकेको आरोप लगाउनुभयो । उहाँले संसदको अवरोध खुल्नासाथ नागरिकता विधेयक अघि बढ्ने दाबी गर्नुभयो । अब संसद अवरोध भइरहे पनि नागरिकता विधेयक पेश गर्ने विषयमा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल...