वैदेशिक रोजगारीका नाममा विभिन्न प्रलोभनमा पारी महिला तथा किशोरीहरूलाई भारत हुँदै खाडी मुलुक पठाउने बिचौलियाहरूको सक्रियता बढ्दै गएको छ । उनीहरूलाई जोखिमपूर्ण रूपमा भारत हुँदै इराक, ओमनजस्ता देशमा लैजाने गरेको कपिलवस्तुको कृष्णनगरा उद्धार गरिएकाहरुबाट खुलेको हो ।इलाका प्रहरी कार्यालय कृष्णनगर र आफन्त नेपाल नामक गैर सरकारी संस्थाले दुई दिनमा ७ जनालाई कृष्णनगर सीमाबाट उद्धार गरेको छ । उनीहरूलाई इराक र ओमन गैरकानुनी रूपमा लैजान लागेका अवस्था भेटाएको थियो । सोधपुछका