राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरसँग जोडेर पार्टीको छविलाई धूमिल पार्ने प्रयास भएको जनाएको छ । कार्यवाहक प्रवक्ता मनिष झाले आइतबार विज्ञप्ति जारी गर्दै उपसभामुखलाई उल्लेख गरी सार्वजनिक समाचारप्रति रास्वपाको ध्यानाकर्षण भएको जनाएका छन् ।