राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि मुख्य आधार भएको बताएकी छन् । उनले मुलुकमा मानव अधिकारको कार्यान्वयन, कानुन शासनको पालना र राज्यशक्तिलाई जनताको हितमा लगाउने संविधानको भावना कार्यान्वयनमा समेत कानुनी शिक्षाले भूमिका खेल्ने भएकाले कानुनी शिक्षालाई जोड दिनुपर्ने बताइन् ।