राष्ट्रपतिबाट जारी दल विभाजनसम्बन्धी अध्यादेशको विरोध

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि मानव अधिकार तथा शान्ति समाजले विरोध गरेको छ । समाजका तर्फबाट महासचिव रामकृष्ण बरालले जारी गरेको विज्ञप्तिमा अध्यादेश लोकतन्त्रको मर्म विरोधी क्रियाकलाप भएको ठहर गरिएको छ । ‘प्रतिनिधिसभा अधिवेशन अकस्मात अन्त्य गरे लगत्तै सरकारले, राजनीतिक दलहरूको विभाजनलाई बढावा दिने गरि राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधन) अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरे पश्चात राष्ट्रपतिबाट यस सम्बन्

सम्बन्धित सामग्री

दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध अनेरास्ववियुको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ । शुक्रबार माइतीघर मण्डलामा अध्यादेश खारेजीको माग गर्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा टोपबहादुर रायमाझी, ऐन महर लगायतको उपस्थिति थियो । सरकारको सिफारिसमा गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी थिइन्...

राष्ट्रपति भण्डारीद्धारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी (अध्यादेशसहित)

काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्। बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्। सरकारले हिजो दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । तर, राष्ट्रपतिले उक्त अध्यादेशबारे अध्ययन गर्नुपर्ने भन्दै समय मागेपछि हिजै जारी हुन सकेको थिएन । अध्यादेशको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको […]

दल विभाजनसम्बन्धी अध्यादेशको भीम रावलद्वारा आलोचना

एमाले नेता भीम रावलले अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू बाटोमा किन ? भन्दै प्रश्न गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि रावलले यस्तो प्रश्न गरेका हुन् । उनले ‘२०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ? भन्ने प्रश्न पनि गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत भएको उल्लेख गर्दै चर्को आलोचना गरेका छन् । &lsq

योगेश भट्टराईले भने–देउवाले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्छ

एमाले नेता योगेश भट्टराईले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गरेका छन् । उनले अध्यादेश बिनासर्त फिर्ता लिनुपर्ने पनि माग गरेका छन् । हाल मातृ शोकमा रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर ब्यवस्था र संविधानलाई धरासायी पार्ने सुनियोजित षड्यन्त्र हो । यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ । विगतको फोहोरी राजनी

माधव नेपाल समूहले अध्यादेशको स्वागत गर्यो

काठमाडौं, १ भदौ । नेकपा (एमाले) को माधव नेपाल समूह निर्णायक छलफलमा जुटेको छ। अहिले उक्त समूहको केन्द्रीय सदस्यहरुको छलफल अर्याल होटेलमा जारी छ । अहिले जारी बैठकले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकोलाई स्वागत गरेको छ । केन्द्रीय सदस्य तथा सांसद विरोध खतिवडाले आफूहरुले अध्यादेशको स्वागत गरेको बताए । उनले आफूहरु अहिलेको अवस्थामा नयाँ दल […]

एमालेबाट केही व्यक्ति बाहिरिन सक्नुहुन्छः प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरिएमा एमालेबाट केही व्यक्ति बाहिरिन सक्ने बताएका छन् । एमालेले शान्तिपूर्ण जनपरिचालनको माध्यमबाट अध्यादेशको विरोध गर्ने उनको भनाइ छ । पार्टीको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ज्ञवालीले सरकारले २० प्रतिशतले नै पार्टी फुटाउन सक्ने गरी अध्यादेश ल्याउन लागेको बताए । यसो गर्नु संसदीय […]

मन्त्रिपरिषद् बैठक बालुवाटारमा, आउँला दल फुटाउने अध्यादेश ?

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ । बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको हो । सोमबार प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेसँगैं अध्यादेशमार्फत दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा चलेको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दल विभाजनसम्बन्धी अध्यादेश आउँदा कांग्रेसलगायत अन्य गठबन्धन दलहरुले विरोध गरेका थिए । अहिले शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । […]

संसदीय प्रणालीमाथि प्रहार

दर्जनौं विधेयक संसद्मा दर्ता भएर पनि पारित हुन नसकिरहेको अवस्थामा सरकारले हठात् दुवै संसद्को अधिवेशन अन्त्य गरेर अससंदीय चरित्र देखाएको छ । संसद्लाई काम नदिएर अलमल्याएको सरकारले नयाँ बजेटसमेत नल्याई संसद् अधिवेशन अन्त्य गरेर संसदीय प्रणालीको मर्म माथि नै प्रहार गरेको छ । यसरी संसद्को गरिमालाई खण्डित गरेर संसदीय प्रणाली बलियो हुन्छ ? भन्ने प्रश्न अहिले उठिरहेको छ । संसद् छल्ने भए पुनःस्थापनाको औचित्य के ? ओलीको विरोधको औचित्य के ? अनि यो सरकारलाई जनताले किन समर्थन गर्ने ? यसले संसदीय प्रणालीलाई नै हानि गर्छ । गणतान्त्रिक नेपालले संसदीय शासन प्रणालीलाई अपनाएको छ । यद्यपि पूर्ण रूपमा बेलायतको वेस्टमिनिस्टर जस्तो प्रणाली भने यो होइन । संसदीय प्रणालीमा सरकार पूर्ण रूपमा संसद्प्रति उत्तरदायी हुन्छ । तर, संविधानमा जेजस्तो लेखिए पनि नेपालका राजनीतिक दलहरूले संसदीय प्रणालीको धज्जी उडाउने काम मात्रै गरेको पाइन्छ । आफूलाई संसदीय शासनप्रणालीको हिमायती ठान्ने नेपाली कांग्रेस नै यसको मूल मर्मविपरीत चलिरहेको छ । वामपन्थी दलहरूको त संसदीय लोकतन्त्रलाई रणनीतिक रूपमा उपयोग गर्ने घोषित नीति नै छ । तर, संसदीय प्रणालीकै लागि संघर्ष गरेको मुलुकको सबैभन्दा पुरानो पार्टीले नै संसद् छल्न खोज्छ भने यसले संसद्को गरिमालाई पूरै ध्वस्त गराइदिन्छ । नेकपा एमालेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रणाली छलेर काम गर्दा नै व्यापक विरोध भएको हो । उनले दुईपटक प्रतिनिधिसभा विघटन गरे । अहिले सर्वोच्च अदालतले जीवित बनाइदिएको संसद्बाट सरकारको नेतृत्व लिन पुगेका गठबन्धनले संसद्लाई बोझ ठानेर छल्नु राजनीतिक इमानदारी हुँदै होइन वास्तवमा त्यो बेइमानी हो । तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा बरु संसद्को गरिमा यत्तिको घटेको थिएन । र, सर्वोच्च अदालतले प्रतिनिधिसभालाई पुनःस्थापित गरिदियो । अहिले बरु ओलीले संसदीय प्रणालीलाई सहयोग गरेका छन् । प्रमुख प्रतिपक्षको खरो भूमिका निर्वाह गरेका छन् । तर, ओलीले संसद् छले भन्दै विरोध गरेर सत्तामा पुग्ने वर्तमान सरकारले त्यही कामको अनुसरण गरेको देखिन्छ जुन जति नै शब्दमा विरोध गरे पनि अपर्याप्त हुन्छ । संसद्को यो अवहेलनालाई त अदालतले पनि बचाउन सक्दैन किनभने यसमा त मुद्दा पनि लाग्ने देखिँदैन । विडम्बना यही हो कि संसदीय प्रणालीको पहरेदार भएको दाबी गर्ने नेपाली कांग्रेसको नेतृत्वमा यो काम भएको छ । किन संसदीय प्रणालीको अपहेलना गरियो ? यसको जवाफ नेपाली कांग्रेसले दिनैपर्छ । गठबन्धन दलहरूले जारी गरेको न्यूनतम साझा कार्यक्रममा नै अर्थतन्त्रसँग सम्बद्ध विधेयकहरू ३ महीनाभित्र पारित गराउने प्रतिबद्धता गरिएको थियो । तर, संसद् अधिवेशन अन्त्य गरेर ती विधेयक पारित हुन्छन् ? त्यो सरासर झूटो वाचा भयो । यस्तो झूटो वाचा गरेर सरकारले विश्वसनीयता गुमाएको छ । एउटा सरकारले तमाम विकृति निम्त्यायो भनेर नयाँ सरकार गठन गर्ने तर सरकार बनाएपछि त्यही गलत काम गरिरहने हो भने यसबाट सामाजिक विचलन झन बढ्छ । देशको शासनप्रणालीप्रति यसै पनि आममानिस सन्तुष्ट छैनन् । यस्तो कामले झन् निराशा र वितृष्णा बढाउँछ । मुलुकका लागि यो निकै दुर्भाग्य साबित हुनेछ । अरू विधेयक पारित गर्न भ्याइएन भने बहाना गर्न सकिन्छ । तर, बजेट विधेयक त पारित हुनैपर्ने हो । अघिल्लो सरकारले ल्याएको विधेयक संसद् अविधेशन बसेको ६० दिनभित्र पारित नभए निष्क्रिय हुन्छ । यदि यही अवधिभित्र संसद् अधिवेशन बोलाएर बजेट अध्यादेश पारित नगराए सरकारले केका आधारमा खर्च गर्छ ? कानूनी रूपमा खर्च गर्न मिल्दैन । बजेट अध्यादेशबाट ल्याउने हो भने अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेशको विरोध गर्नुको नैतिक र राजनीतिक धरातल के हो ? राजनीतिक चलखेलकै लागि मात्र सरकार परिवर्तनको यो खेल खेलिएको हो त ? दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन संसद् अधिवेशन अन्त्य गरिएको हो भन्ने पनि सुनिएको छ । त्यसो हो भने त यो राजनीतिक अपराध नै हुन्छ । यस्तो काइते खेल संसदीय प्रणालीको मान्यताभित्र पर्दैन । ओली सरकारले जे गरेको हो अहिलेको सरकारले पनि त्यही गर्ने हो भने सरकार परिवर्तनको औचित्य के ? संसद् छल्ने भए पुनःस्थापनाको औचित्य के ? ओलीको विरोधको औचित्य के ? अनि यो सरकारलाई जनताले किन समर्थन गर्ने ? यसले संसदीय प्रणालीलाई नै हानि गर्छ । कतै अहिलेको सत्ताधारी गठबन्धनको यो सुविचारित रणनीतिक कदम त होइन ?