एमाले नेता योगेश भट्टराईले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गरेका छन् । उनले अध्यादेश बिनासर्त फिर्ता लिनुपर्ने पनि माग गरेका छन् । हाल मातृ शोकमा रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर ब्यवस्था र संविधानलाई धरासायी पार्ने सुनियोजित षड्यन्त्र हो । यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ । विगतको फोहोरी राजनी