एमाले स्थायी कमिटीको बैठक– दल विभाजनसम्बन्धी अध्यादेश र त्यसपछिको रणनीतिबारे छलफल

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ ।  तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा एमाले स्थायी कमिटीको बैठक बसेको हो ।  बैठकमा मुख्यतः सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि त्यसबारे छलफल भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।  नेकपा एमाले विभाजनका लागि अनुकूल हुनेगरी सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै एमालेले सोमवार राति विज्ञप्ति जारी गरेर विरोध जनाएको थियो । ललितपु...