साफ च्याम्पियनसिप खेल्न नेपाली फुटबल टिम माल्दिभ्समा

काठमाडौँ- साफ च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्स पुगेको छ । साफ च्याम्पियनसिपको तयारी खेलहरु सकेर नेपाली टोली कतार माल्दिभ्स पुगेको हो । नेपाली टिम सोमबार माल्दिभ्स जानअघि भारत र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको छ । आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित हुँदा भारतसँग नेपालमा भएको मैत्रीपूर्ण खेलमा एक […]

सम्बन्धित सामग्री

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अलमुताइरी थप दुई वर्ष नेपालमै रहने

काठमाडौं : अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अझै दुई वर्ष नेपाली फुटबल टिमको प्रशिक्षक रहने बताएका छन्। आज नेपाली कांग्रेसको तरुण विभागले साफ च्याम्पियनसिप २०२१ मा सहभागी खेलाडीलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले प्रशिक्षक अलमुताइरी अझै दुई वर्ष नेपालमै रहने बताएका हुन्। 'कोचको समाधान…

साफको उपविजेता नेपाली फुटबल टोली स्वदेश फिर्ता, विमानस्थलमा भब्य स्वागत

माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी आज स्वदेश फर्किएका छन् । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका पदाधिकारीहरुले स्वागत गरेका थिए भने ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो। साफ च्याम्पियनसिपको करिब २८ वर्षपछि नेपाल पहिलो पटक फाइनल पुगेको थियो । माल्दिभ्सको मालेमा शनिबार राति भएको फाइनल खेलमा नेपाल …

साफ च्याम्पियनसिप खेलेर नेपाली फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं, १ कार्तिक : साफ च्याम्पियनसिपमा उप-विजेता भएको नेपाली फुटबल टोली फर्किएको छ । कतार एयरको जहाजबाट केहीबेर अघि आज (सोमबार) फुटबल टोली नेपाल आइपुगेको हो । नेपाल साफ फुटबल इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो । फाइनलमा भारतसँग ३–० ले पराजित भएसँगै नेपाल उप-विजेतामा सीमित भएको हो ।-Photo Source: ANFA

नेपाली फुटबल टिमले माल्दिभ्समा मनायो दशैं

काठमाडौं, असोज २९ । साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टिमले दशैंं मनाएको छ । मालेको होटलमा नेपाली टोलीका खेलाडी, मूख्य प्रशिक्षक, अफिसियल र अखिल नेपाल फुटबल संघ एन्फाका प्रतिनिधिले विजया दशमीको टीका र जमरा लगाएका हुन । नेपाली फुटबल टिमले दशैँ मनाएको तस्बिरहरू एन्फाले सार्वजनिक गरेको छ । साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक […]

उपाधि जित्ने कामना सहित नेपाली फुटबल टोलीले मनाए विजयादशमी

काठमाडौं । साफ च्याम्पियनसीप खेल्न माल्दिभ्स पुगेको नेपाली फुटबल टोलीले आज उतै विजयादशमी मनाएका छन्। खेल अफिसिल, प्रशिक्षक र खेलाडीहरुले टीका र जमरा लगाएर विजयादशमी मनाएका हुन्।त्यसक्रममा नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगायत खेल अफिसियलहरुले समेत टीका लगाएका थिए।भोलि (शनिवार) नेपालले साफको फाइनल खेलमा भारतको सामना गर्दैछ। पहिलोपटक साफ फाइनलमा पुगेको नेपाली टोलीले उपाधि जित्ने कामना सहित आज

नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीद्वारा बधाई

काठमाडौं, असोज २८ । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिनुभएको छ । सामाजिक संजाल ट्वीटरबाट बिहीबार राष्ट्रपति भण्डारीले साफको फाइनल पुगेर राष्ट्रिय गौरव हासिल गरेको उल्लेख गर्दै नेपाली टोलीलाई बधाई दिनुभएको हो । श्रीलंकामा बुधबार बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनल पुगेको थियो ।

नेपाली फुटबल टोली माल्दिभ्स पुग्यो, पहिलो खेल असोज १५ मा माल्दिभ्ससँग हुने

एजेन्सी । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपालको राष्ट्रिय फुटबल टोली हिजो माल्दिभ्स पुगेको छ । माल्दिभ्सको मालेमा यही असोज १५ देखि ३० गतेसम्म साफ च्याम्पियनसिप आयोजना हुँदैछ । प्रतियोगिताको लागि झण्डै दुई साता कतारमा अन्तिम प्रशिक्षण गरेको नेपाली टोली हिजो त्यतैबाट माल्दिभ्स पुगेको हो । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा […]

साफ च्याम्पियनसिपको तयारी गर्न कतार लाग्यो नेपाली फुटबल टोली

काठमाडौँ – आगामी महिना सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार कतारतर्फ लागेको छ। कतारमा तीन साता प्रशिक्षण गरेपछि नेपाली टोली माल्दिभ्स पुग्ने छ। माल्दिभ्समा हुने साफ च्याम्पियनसिप अक्टोबर १ तारिखदेखि सुरु हुने कार्यक्रम छ। नेपालले हालसम्म १३ पटक साफ च्याम्पियनसिप आयोजना  भइसक्दा एकपटक पनि उपाधि जित्न सकेको छैन।

नेपालले साफ च्याम्पियनसिप अघि मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं। साफ च्याम्पियनसिप तयारीको लागि नेपाली फुटबल टिमले बंगलादेश, भारत, सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल्ने तयारी गरेको एन्फाले जनाएको छ। एन्फा कार्यसमितिको आपत्कालीन बैठकले मैत्रीपूर्ण फुटबल खेल्ने निर्णय गरेको हो। एन्फाले भारतमा हुने एएफसी महिला एसियन कप छनोटको तयारीका लागि महिला टिमलाई इरान लगायतका देशसँग मैत्रीपूर्ण खेल खेलाउने सैद्धान्तिक निर्णय गरेको छ। महिला टिमले नेपालमै छनोट खेल खेल्नेछ।