नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण मृत्यु भएकी महिलाको शवबाट सुनका गहना चोरी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटले चार दिनअघि सिर्खालीबाटै पाँचजना स्थानीयबासीलाई पक्राउ गरेको खुलेको छ। पक्राउ पर्नेमा बिदुर नगरपालिका-३ का दिपेश भुजेल, सुरेश रिमाल, दिनेश पण्डित, निराजन थापामगर र राजेश रिमाल छन्। […]