वेम्बली स्टेडियम । इंग्ल्यान्डविरुद्ध जर्मनी । यो खेलले इतिहासका धेरै पल सम्झाउन गर्छ । अनि यसले महिला फुटबलको बढ्दो लोकप्रियता पनि प्रमाणित गर्नेछ । आयोजक देशका रूपमा इंग्ल्यान्डले आइतबार आफ्नै घरमा महिला युरो २०२२ को फाइनलमा जर्मनीको सामना गर्नेछ । यो खेललाई कीर्तिमान ९० हजार दर्शकले हेर्ने तय छ । प्रतियोगिता आफैं महिला फुटबलमा सबैभन्दा बढी दर्शकले हेरेको प्रतियोगिता साबित भइसकेको छ ।