नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल डिस्चार्ज हुनुभएको छ। कोरोना संक्रमण पुष्टि भएपछि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएकी दाहाल मंगलबार डिस्चार्ज हुनुभएको हो। शुक्रबार मेडिसिटी अस्पताल भर्ना भएर आईसीयूमा उपचारपछि उहाँ मंगलबार डिस्चार्ज हुनुभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणाले जानकारी दिनुभयो।