वीरगञ्ज – राष्ट्र बैंकले जारी गरेको ‘चालु पुँजी कर्जा मार्गदर्शन, २०७९’ खारेजीको माग गर्दै बारामा सोमबार उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका छन्। उद्योगी व्यवसायीहरुले सिमरा र जितपुर बजारमा निधारमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन्। उद्योगी तथा व्यवसायी आवद्ध विभिन्न आठ वटा संघ संस्थाले मार्गदर्शन खारेजीको मागसहित कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको जितपुर–सिमरा नगर उद्योग […]