काठमाण्डाै – ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले 'नेपालको पानी जनताको लगानी' नारा सरकारले व्यवहारिकरूपमा कार्यान्वयनमा ल्याएको बताउनुभएको छ ।
बिहीवार अपर अरुण हाइड्रो इलेक्ट्रिक आयोजनाका लागि स्वदेशी ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको सह–वित्तीयकरणको अगुवा गर्ने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) बीच ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले माथिल्लो अरुण जलविद्युत् आयोजनाले ने...