अझै टुंगिएन महानगरका निलम्बित कर्मचारीमाथिको छानबिन
छानबिन समिति संयोजक भन्छन्– गम्भीर विषय हो, समय लाग्छ
नियमविपरीत कर्मचारी थप गर्न लागेको आरोपमा निलम्बनमा परेका कर्मचारीमाथि काठमाडौं महानगरपालिकाले थालेको छानबिन अझै टुंगिएको छैन । महानगरले प्रमुख प्रशासकीय अधिकृतसहित चारजना कर्मचारीलाई...
काठमाडौं- प्रहरी प्रधान कार्यालयले निलम्बित डीएसपी ठगबहादुर केसीमाथि छानबिन गर्न समिति गठन भएको छ । वरिष्ठ उपरिक्षक-एसएसपी चन्द्रकुवेर खापुङको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिले बुटवल पुगेर कामसमेत थालेको छ । व्यवसायीको ३५ तोला सुन र २५ लाख रुपैयाँ झ्वाम पार्न खोजेको आरोपमा डीएसपी केसी निलम्बित भएका हुन्। इलाका प्रहरी कार्यालय बुटवलको प्रमुखबाट […]
काठमाडौँ– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूमाथि छानबिन गर्न गठित समितिमाथि नै प्रश्न गरेका छन्। बिहीबार बसेको महाभियोग सिफारिस समितिको बैठकमा राणाले प्रश्न गरे- जसले ममाथि महाअभियोगको प्रस्ताव ल्यायो उसैले छानबिन गर्न सक्नुहुन्छ? बैठकमा राणाले भने– ‘जसले महाअभियोगको प्रस्ताव ल्यायो तपाईँहरु आफैँ बसेर छानबिन गर्न सक्नुहुन्न।’ समितिमा रहेका ११ जना सदस्यमध्ये सत्ता पक्षका ५ जना सांसदले […]
१२ भदौ, काठमाडौं । न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलियामाथि छानबिन थालेको छ । पदीय हैसियतको दुरुपयोग गरेको, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा मुद्दा मिलाउने र मोलाहिजाको काम गरेको आरोपमा उजुरी परेपछि छानबिन थालेको हो । नेपाल बार एशोसिएसनले आइतबार संघीय संसदको महाभियोग सिफारिस समितिमा बुझाएको ‘महाअभियोग पुष्टि हुने प्रमाण’को बुदा नम्बर ८ मा […]
घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो ।छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् । राजपत्रमा प्रकाशित सूचनामा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा तथा कोइरालाले आचरण र क
हेटौंडा : बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीलाई निलम्बन गरेको छ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति राजेन्द्र पाण्डेले प्रतिष्ठानका उपकुलपति जोशीमाथि छानबिन गर्न समिति गठन गरेसँगै उनी निलम्बित भएका हुन्। छानबिन समिति गठन गरेसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम उपकुलपति स्वतः निलम्बित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमलाल भुसालले जानकारी थ
काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी आज मंगलबारलाई तोकिएको छ । सोमबार सर्वोच्चमा दर्ता भएको रिटको पेसी मंगलबारका लागि तोकिएको हो । सरकारले आफूमाथि गरेको छानबिन गैर कानुनी भन्दै छानबिन समितिको गठनसँगै भएको निलम्बन गैरकानुनी भन्दै अधिकारीले आइतबार लगेको रिट सोमबार दर्ता भएको थियो । सरकारले […]
काठमाण्डाै – निलम्बित गभर्नर महाप्रसाद अधिकारीले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । विना जानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर सरकारले समिति गठन गरेको उल्लेख गर्दै त्याे निर्णय खारेजीको माग रिट निवेदनमा गरिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार निलम्बित अधिकारीले सरकारको निर्णयविरुद्ध ल्याएको रिट निवेदन दर्ता भएको छ । आज अलि ढिला रिट दर्ता भएको हो । रिटमाथि सुनुवाइ पर्सि मङ्गलवार हुनेछ ।
सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषो...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएका छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले देशको अर्थतन्त्र गभर्नर अधिकारीले धराशायी बनाएको ठहर गर्दै उनीमाथि छानबिन गर्न समिति गठनको निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ।सो निर्णयबमोजिम अर्थ मन्त्रालयले शुक्रबार सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेपछि गभर्नर अधिकारी निलम्बनमा परेका हुन्। ऐनको व्यवस्थाअनुसार छानबिन समिति गठन भएपछि गभर्नर स्व
काठमाडौं- पर्यटन बोर्डका सीईओ डां धनन्जय रेग्मी निलम्बित भएका छन्। पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीलाई निलम्बित गर्दै उनीमाथी छानबिन गर्न समिती गठन गरेको छ। बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो। यसअघि विदेशबाट फर्कने क्रममा आफुले ल्याएको मदिरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका अधिकारीले […]