काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाभियोगबारे गठित छानबिन समितिलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। सभामुख सापकोटाले बुधबार आह्वान गरेको समितिको प्रारम्भिक सहजीकरण बैठकमा यस्तो प्रतिवद्धता जनाएका हुन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बसेको बैठकमा सभामुख सापकोटाले समितिले छानबिन सुरु गरेर छिटो निष्कर्ष निकाल्ने विश्वास पनि व्यक्त गरे। संसद […]