काठमाण्डाै - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा झण्डै ५४ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । राखेपले गण्डकीमा गएको वर्ष भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको खर्च हिजो सार्वजनिक गरेको हो ।
राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले प्रतियोगितामा ५३ करोड ७९ लाख रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । सरकारबाट ६० करोड १० लाख रुपैयाँ प्राप्त भएको र आन्तरिक रुपमा ५१ लाख ५२ हजार रुपैयाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो । राखेपले २१ वटा शीर्षकमा खर्च विवरण उल्लेख गरेको छ ।
प्रतिनिधि...