सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा कानुन संकायमा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् वीरेन्द्रनगरकी विनिता बोगटी । उनै बोगटी अहिले राज्यका विरुद्ध कानुनी लडाइँ लड्दैछिन् । कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ् डम्डुल लामा (कार्चेन) फौजदारी अभियोग लागेको व्यक्ति भएको र त्यस्ता व्यक्ति कानुनतः सार्वजनिक पद धारण गर्न नमिल्ने भन्दै उनले सोमबार उच्च अदालत सुर्खेतमा रिट दायर गरेकी छिन् । न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले फागुन ३ गते क