नेपाल उद्योग परिसंघ प्रदेश १ ले आगामी वर्ष विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको औद्योगिक तथा कृषि प्रदर्शनी आयोजना गर्ने भएको छ । परिसंघ प्रदेश १ को कार्यसमितिको बैठकले प्रदेश १ को सम्भाव्यतासहितको औद्योगिक तथा कृषि प्रदर्शनी आयोजना गर्न पूर्वाधार निर्माणको तयारी तत्काल सुरु गरिने निर्णय गरेको हो । ‘प्रदेश १ को सम्भाव्यतासहित आगामी वर्ष २०७९ माघको पहिलो हप्तामा अन्तर्राष्ट्रियस्तरको औद्योगिक तथा कृषि प्रदर्शनीको आयोजना प्रदेश नं. १ को राजधानी विराटनगरमा गर्ने र यसका लागि आजैबा