काठमाडौं : कोरोना संक्रमणको जोखिम अझै बढ्नसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।एक महिनाअघिसम्म शिथिल अवस्थामा रहेको संक्रमणबाट साउनयता १५ जनाको मृत्यु भएको छ। आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएसँगै १५ जना पुगेको हो।तीमध्ये ११ जना मृतकले कोरोनाविरुद्धको खोप नलगाएका पाइएको मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले थाहाखबरलाई जानकारी दिए। उनले केही दिनदेखि दैनिक संक्रमणको दर बढ्दै गएको र बिरामीको मृत्युसमेत हुन थालेपछि थप जोखिम बढेको बताए।संक्रमण फैलिने जोखिम बढेक