सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरका ६, कैलाली ७, बाजुरा १ दार्चुला १ रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।निर्देशनालयका अनुसार २ सय ७९ मा एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएको थियो । जसमध्ये ६ जनाको मृत्यु भएको छ । त्यस्तै १ हजार ९ सय २६ नमुनाको पिसिआर परीक्षण गर्दा ८ सय ८१ जनामा कोरोना पोजेटिभ पुष्टी भएको निर्देशनालयले जना