आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गरेको छ। नामिबियाको विन्डहकस्थित वन्डररर्स क्रिकेट मैदानमा जवाफी ब्याटिङ थालेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको हो। नेपालका ओपनर अनिल कुमार साह शून्य रनमा आउट भएका हुन्। केन्याका बलर रिंगेरलाई विकेट किपर करिमको हातबाट साहलाई क्याट आउट गराएका हुन्।