पर्यटक आगमनमा सुधारले जगाएको आशा

नेपालले सुरक्षित गन्तव्यको सन्देश भारतमा प्रचार गर्न सकेमात्रै पनि पर्यटकको संख्या बढ्ने देखिन्छ । सन् २०२० मा नेपालले विश्वभर प्रचारप्रसार गरेर पर्यटकलाई स्वागत गर्न तम्तयार भइरहँदा कोरोना महामारीले विश्वभर नै आवतजावत ठप्प भयो, जसको फलस्वरूप नेपालमा पनि पर्यटक आउने वातावरण बनेन । विश्वका अन्य सरकारझैं नेपालको पनि पहिलो प्राथमिकता आफ्ना नागरिकको जीवन रक्षा नै रह्यो […]

सम्बन्धित सामग्री

कहाँ पुग्यो नयाँ थपिने १७३ ट्रेकिङ पिकको कुरो ?

नेपालमा हाल पर्वतारोहणका लागि खुल्ला रहेका ४१४ हिमालबाहेक ससाना अरू १७३ ओटा हिमाल खुला गर्ने भन्ने सम्बन्धमा गएको साउन महीनामै समाचार आएको थियो । नेपाल सरकारले थप १७३ ओटा ससाना (ट्रेकिङ पिक) हिमाल विदेशी तथा स्वदेशी पर्वतारोहीहरूका लागि खुला गर्ने भनिएको थियो । त्यसअनुसार नेपालमा स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि ५८७ ओटा ठूलासाना हिमाल आरोहणका लागि खुल्ला हुनेछ । सो घोषणा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गरेका हुन् । उनकै पालामा मन्त्रालयले पर्यटन पुनरुत्थान गर्न विभिन्न कार्ययोजना सार्वजनिक गरेको थियो । उक्त कार्ययोजनामा ७३ ओटा  कार्यक्रमलाई समेटिएको थियो । त्यसमध्ये नयाँ १७३ थप हिमाल खुला गर्ने योजना पनि परेको थियो । उक्त कार्ययोजना ६ महीनाभित्र लागू गर्ने भनिए पनि ५ हजार मीटरभन्दा अग्ला लगभग १७ सय हिमालमध्ये १७३ ओटा  थप नयाँ हिमाल पर्वतारोहीहरूका लागि आरोहण गर्न खुल्ला गरिने भन्ने थियो । तर, हालसम्म सो कुरो लागू भए, नभएको अत्तोपत्तो छैन ।  नेपाल हिमालका लागि खानी नै हो । त्यसैले त नेपालबारे जानेका, बुझेका प्रायः सबै विदेशीले हाम्रो देशलाई हिमाली मुलुक भन्छन् । त्यस्तै अहिलेसम्म विश्वमा मान्यता प्राप्त १४ ओटा  हिमाल ८ हजार मीटरभन्दा अग्ला रहेका छन् । ती १४ ओटा अग्ला हिमालमध्ये आठओटा  नेपालमा नै रहेका छन् भने ढिलोचाँडो ८ हजार मीटरभन्दा माथिका हिमाल बढेर २० ओटा  हुँदै छ । त्यसरी थपिने ६ ओटै नयाँ हिमाल संयोगले नेपालमै रहेका छन् ।  नेपालीहरूका लागि हिमाल शान भएको छ । यो वर्ष सगरमाथा आरोहणको सिजनमा मौसम बिग्रिएकाले गर्दा अझैं पनि मौसम खुल्ने आशामा सगरमाथा आरोहीहरू क्याम्प–३, क्याम्प–४ मा प्रतीक्षारत छन् । मौसम सफा भएकाले आइतवारबाट आरोहण शुरू हुने देखिन्छ । आशा गरौं, उनीहरूलाई मौसमले साथ दिओस् र सफलतापूर्वक सगरमाथा आरोहण गरून् ।  सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको लगभग ३३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । उक्त वर्ष नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्यान्ड (तत्कालीन बेलायती साम्राज्य मातहत रहेको देश) का एडमन्ड पर्सिभल हिलारीले प्रथमपटक सगरमाथाको शिरमा पाइला राख्न सफल भएका थिए । त्यसअघि सन् १९५१ मा एक सानो बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु/सन्दकपुर (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला (भोजपुर), खरिखोला, फाक्दिङ, नाम्चे, तेङबोचे हुँदै नेपाल तर्फबाट सगरमाथा चढ्न गएका थिए । तर, उनीहरूले पनि विगतका आरोही दलहरूले जस्तै सफलता पाउन सकेनन् ।  आशा गरौं, नेपाल सरकारले खोल्ने भनेको नयाँ १७३ ओटा थप हिमाल चाँडै खुलून्, जसले नेपाली पर्यटन र पर्वतारोहण क्षेत्रमा थप टेवा दिनेछ । विशेष गरेर आजको जस्तो व्यस्त मानव जीवनमा लामो समयसम्म नेपालमा बिताउन नसक्ने, धेरै पैसा खर्च गर्न नसक्ने खालका पर्वतारोही तथा पर्यटक बढाउन यसले सहयोग गर्नेछ । साथसाथै नेपाल घुम्न आउने विदेशी पर्यटक तथा पर्वतारोहीहरूको संख्या पनि अरू बढ्नेछ । कोरोनापछि अहिले नेपालमा पर्यटक आगमनमा उल्लेख्य सुधार आएको छ । हिमाल आरोहण गर्न आउनेको संख्या ११ सय नाघेको छ भने सोही अनुसार हिमाल आरोहण गर्न लाग्ने शुल्कबापत राजस्व पनि बढेको छ । नेपालको अर्थतन्त्रको विस्तारका लागि पर्यटन निकै महत्वपूर्ण क्षेत्र हो । तर, यो क्षेत्रको महत्व नीतिनिर्माताले नबुझेको वा बुझेर पनि बेवास्ता गरेको देखिन्छ । त्यही भएर अहिले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन मन्त्रालयको सीमा झन्डै आधा घटाइएको छ । हुन त पर्यटन प्रवद्र्धन गर्ने काम नेपाल पर्यटन बोर्डले गर्ने भएकाले यो बजेट कटौतीले यसमा केही असर नपर्ला । त्यस्तै निर्माणाधीन पूर्वाधारको बजेट पनि कटौती त नहोला । तैपनि मन्त्रालयको बजेट कटौती हुँदा पर्यटन क्षेत्रलाई पक्कै पनि असर पर्न सक्छ ।  विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एक पर्यटन क्षेत्रको विस्तार जरुरी छ । यसले नेपालको व्यापारघाटालाई सम्बोधन गर्न मद्दत गर्छ । जति धेरै पर्यटक आगमन हुन्छ त्यति नै धेरै विदेशी मुद्राको आर्जन हुन्छ । अहिले भारतबाट सबैभन्दा बढी पर्यटक आइरहेका छन् । चीनले नेपालमा आउनलाई बाटो खोलिदिएको छ ।   लेखक पर्यटनकर्मी हुन् ।

पर्यटक आगमनले जगाएको आशा

अंग्रेजी नयाँ वर्षको सुरुवातदेखि नै पर्यटक आगमनमा सुधार हुन थालेको छ । विगत दुई वर्षमा थला परेको पर्यटन क्षेत्र सन् २०२२ को पहिलो महिना जनवरीदेखि नै सुधार हुन थाल्नु सकारात्मक हो । जनवरीदेखि सुधार हुन थालेको पर्यटक आगमन दर वृद्धि अंग्रेजी वर्षको चौथो महिनामा पनि कायम रहनु पर्यटन पुनरुत्थान हुने संकेत हो । जनवरीमा करिब […]

पर्यटक आगमन सुधारले जगाएको आशा

पर्यटक आगमनमा देखिएको सुधार यही अवस्था रहे सन् २०२२ को अन्त्यसम्म कोभिड–१९ कै लयमा फर्किने आशा देखिएको छ । कोभिड–१९ को महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किएको छ । कोभिड–१९ का कारण विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटन आगमनमा वृद्धि भएसँगै लयमा फिर्ता हुने क्रममा छ । सन् २०२० को […]

पर्यटन लयमा आउने आशा

सन् २०१९को अन्त्यबाट चीनमा फैलिएको कोभिड–१९ का कारण पर्यटक आगमनमा प्रायः शून्य थियो जुन त्यस यताकै सबैभन्दा कम पर्यटक आगमन दर हो । विगतमा चीनबाट नेपाल भ्रमण गर्ने पर्यटकको आगमन सख्या दोस्रो स्थानमा रहेको थियो । तर पछिल्लो समय कोभिड–१९ कारण चीनले पर्यटन गतिविधि कम भएपछि नेपालमा पर्यटनक आगमनमा अमेरिका दोस्रो स्थानमा उक्लिएको थियो । […]

पर्यटनमा आशा

कोरोना संक्रमण भित्रिन नदिन सरकारले डेढ वर्षदेखि पर्यटक आगमनमा विभिन्न किसिमले लगाएको बन्देज हटाएको छ । यसबाट तत्कालै पर्यटक आगमन ठूलो संख्यामा वृद्धि त नहोला तर जोखिमकै बीच नेपाल आउन चाहने पर्यटक भने आउन सक्नेछन् । पर्यटन व्यवसायीले राख्दै आएको माग पूरा भएकाले सरकारको निर्णयको उनीहरूले स्वागत गरेका छन् । यतिले मात्रै पर्यटक आगमन बढाउन सक्ला त ? अहिले विश्वभरि नै अत्यधिक छूटमा पर्यटनका प्याकेज ल्याइरहेको छ । त्यही रणनीतिअनुसार नेपालले पनि पर्यटनको बजार खोज्नु उपयुक्त हुन्छ । अहिले पर्यटनको विश्वबजार सबैजसो खुलिसकेको अवस्था छ । विभिन्न पर्यटकीय गन्तव्यहरूमा पर्यटकको भीड देखिएको पनि पाइन्छ । तर, बाह्य पर्यटक भने कमै देखिएका छन् । त्यसैले विभिन्न देशले अहिले पर्यटन व्यवसायलाई गति दिन आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्ने नीति लिएका छन् र त्यसको कार्यान्वयनले सकारात्मक परिणाम दिएको पनि पाइएको छ । यद्यपि विश्व पर्यटन बजार पूर्णरूपमा पुरानै लयमा फर्किन अझै २/३ वर्ष लाग्ने प्रक्षेपण सम्बद्ध संस्थाहरूले गरिरहेका छन् । यस्तोमा नेपालले पर्यटक आगमन खुला गरेर विश्व पर्यटन बजारमा सकारात्मक सन्देश दिन त खोजेको छ । तर, उनीहरूलाई आकर्षित गर्नेगरी प्रचारप्रसार तथा प्रडक्ट ल्याउन तथा सुरक्षित छ भन्ने सन्देश दिन भने ठोस कदम चालिएको पाइँदैन । यसअघि बाह्य मुलुकबाट आउने पर्यटकका लागि क्वारेन्टाइनको अनिवार्य व्यवस्था थियो । साथै, उनीहरूलाई अनअराइभल भिसा पनि उपलब्ध थिएन । १ हप्ताजति नेपाल घुम्ने योजना बनाउने पर्यटकलाई त्यति नै दिन क्वारेन्टाइनमा बस्न परेपछि नेपाल आउने अर्थै रहेन । त्यसमा पनि क्वारेन्टाइन अवधिमा पूरै कोठामा थुनिएर बस्नुपर्ने र उसले कुनै पनि पर्यटकीय गतिविधिमा सहभागी हुन नसक्ने भएपछि उनीहरू नेपाल आउने कुरै भएन । यद्यपि हिमाल आरोहणका लागि पनि केही पर्यटक नआएका होइनन् । नया“ व्यवस्थाले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका तथा ७२ घण्टे पीसीआर रिपोर्टबाट कोरोना नेगेटिभ देखिएका पर्यटकले विमानस्थलमै भिसा प्रक्रिया पूरा गर्न सक्ने र त्यही“बाटै पर्यटकीय गन्तव्यमा जान सक्ने बनाएको छ । यसरी व्यवसायीको माग पूरा भएको छ । तर, पर्यटकलाई ल्याउन पर्यटन व्यवसायीले नया“ ढंग, प्रडक्ट र रणनीति तय नगरेर पुरानै तरीकालाई निरन्तरता दिए यो नया“ व्यवस्थाले पनि पर्यटक नआउन सक्छन् । नेपालले पर्यटकहरूका लागि आगमन खुला गरे पनि नेपालको पर्यटनको स्रोत बजार भएका मुलुकले नेपाललाई रेड जोन अर्थात् कोरोनाको जोखिम उच्च रहेको क्षेत्रमा राखिरहेका छन् । अहिले संक्रमितको संख्या निकै घटेको भए पनि रेड जोनमा राखिएपछि ती देशबाट नेपाल आउन त्यति सहज हुँदैन । ती देशमा सबैजसो नागरिकले भ्याक्सिन लगाइसकेका छन् तैपनि जोखिम उत्तिकै रहेकाले उनीहरूले आफ्ना नागरिकलाई नेपालमा जान पक्कै पनि सल्लाह नदेलान् । यस्तो बेला कूटनीतिक क्षेत्रको काम महत्त्वपूर्ण हुन्छ । नेपालको कूटनीतिक क्षेत्रले नेपाल पर्यटकका लागि सुरक्षित छ, खोप र स्वास्थ्य मापदण्ड पालना सही ढंगले भएको छ भनेर विश्वास दिलाउन पहल गर्नुपर्ने हुन्छ । तर, त्यस्तो भएको देखि“दैन । कूटनीतिक क्षेत्रले सही ढंगले ती देशमा सकारात्मक सन्देश लान सकेको भए नेपालमा खोप अभियान व्यापक नभएको अवस्थामा पनि पर्यटक आउन सक्छन् । तर, नेपाल सुरक्षित छ भन्ने सन्देश दिन कूटनीतिक क्षेत्र सफल भएको देखिँदैन । पर्यटनको स्रोत बजारमा नियमित उडान शुरू हुन थालेका छन् । ती ठाउँमा सरकार, नेपाल पर्यटन बोर्ड तथा व्यवसायीले प्रचारको काम थाल्नुपर्छ । तत्कालै पर्यटक नआए पनि छूटका साथ रिजर्भेशन गराउन थाल्नु उपयुक्त हुन सक्छ । अहिले विश्वभरि नै अत्यधिक छूटमा पर्यटनका प्याकेज ल्याइरहेको अवस्था छ । त्यही रणनीति अनुसार नेपालले पनि पर्यटनको बजार खोज्नु उपयुक्त हुन्छ । भ्याक्सिन नलगाएका पर्यटकले पनि क्वारेन्टाइनका बेलामा गर्न सक्ने केही प्रडक्ट ल्याउनुपर्छ । त्यस्तै भीडभाड नहुने पदयात्राजस्ता विभिन्न प्याकेजमा बढी केन्द्रित हुनुपर्छ । अन्य देशमा नहुने खालको पर्यटकीय गतिविधिमा केन्द्रित रहेर प्याकेज ल्याउँदा पर्यटक आगमन बढ्न सक्छ । साथै, स्तरीय पर्यटक ल्याउन यो नयाँ अवसर पनि बन्न सक्छ ।