काठमाडौं : नेकपा (एमाले) ले कारबाही गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिटमाथि सर्वोच्च अदालतले सक्कल फाइल मगाउन आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा कुमार चुडालकाे संयुक्त इजलासले निर्वाचन आयोग र संसद सचिवालयलाई सक्कल फाइन मगाउन आदेश दिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए। सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारबाही सिफारिस गरेका माधवकुमार नेपालसहितका १४ सांस