काठमाडाैं : भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र कर बुझाउन महानगरले पत्र काटेको छ।राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले आज पत्र लेख्दै फनपार्कले महानगरलाई बुझाउनुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर र मनोरञ्जन कर वर्षौंदेखि नबुझाएको र पटक–पटक ताकेता गर्दा पनि नतिरेको उल्लेख गरेका छन्।बुझाउन बाँकी रहेको कर जरिबानासहित तिर्न फनपार्कलाई अल्टिमेटम दिइएको हो। ‘व्यवसाय कर र वहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर र मनोरञ्जन कर महानगरपालिकाको राजश्व विभाग बबरमहलम