काठमाण्डाै – तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरूले काठमाण्डाैकाे माइतीघरमा धर्ना दिएका छन् ।
पीडित लेनदेन सङ्घर्ष समिति, मधेस प्रदेश, रौतहटलगायत तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरूले बुधवार माइतीघरमा धर्ना दिँदै प्रदर्शन गरेका हुन् । परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभुङ्ग पार्न खोजिएको आरोप लगाउँदै उनीहरूले आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।
उनीहरूले स्थानीय निकायमा जाँचबुझ गरी मात्र प्रमाणको आधारमा उजुरी दर्ता गरिनुप...