काठमाण्डौ – कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एकै ठाउँमा धेरै पक्षी मरेको देखेमा जानकारी दिन आग्रह गरेको छ । मन्त्रालयले बर्ड फ्लुको जोखिम रहेकाले धेरै मात्रामा कुखुरा मरेको र ती मरेका कुखुरा बेचेको पाइए कारबाही गर्ने जनाएको हो ।
मन्त्रालयले मासु व्यवसायी र किसान जो कुखुराको प्रत्यक्ष सम्पर्कमा रहने गरेका छन्, उनीहरुलाई धेरै मात्रामा कुखुरा मरेको पाइए तत्काल जानकारी गराउन पनि आग्रह गरेको छ ।
पालिका र सम्बन्धित निकायसँग समन्वय गरि अनुगमन गरिरहेकाले कसैले मरेका कुखुरा बिक्री गरेको पाइए कारबाही गर्...