तेस्रो त्रैमासमा आइसीएफसी फाइनान्सको वितरणयोग्य नाफा रू. १० करोड ३० लाख

वैशाख १३, काठमाडौं ।  आइसीएफसी फाइनान्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. १७ करोड २९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ६५ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १० करोड ७३ लाख नाफा कमाएको थियो ।  चालू आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा बढेको हो । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. १० करोड ३० लाख रहेको छ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको नाफालाई विभिन्न शिर्षकमा छुट्याएपछिको नाफानै वितरणयोग्य नाफा हो । चुक्तापूँजी रू. १ अर्ब २२ करोड ४२ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ३४ करोड ३६ लाख र रिटेन्ड अर्निङमा रू.१० करोड ३० लाख सञ्चित गरेको छ । नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.१५ दशमलव ४५ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २३ दशमलव १६ पुगेको हो ।  कम्पनीको मूल्य आम्दानी अनुपात १४ शदमलव ५० गुणा र प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव १७ रहेको छ ।

सम्बन्धित सामग्री

१० करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन

काठमाडौं । सामाखुसी यातायात प्रालिले १० करोड ३० लाख लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ । विसं २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौँको उत्तरी क्षेत्रका बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै २० माइक्रोबस सञ्चालनमा ल्याएको जानकारी दिए । “काठमाडौँ उपत्यकामा यात्रुको […]

सामाखुसी यातायातले सञ्चालनमा ल्यायो २० विद्युतीय माइक्रो

सामाखुसी यातायात प्रालिले १० करोड ३० लाख लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ।

गण्डकी प्रदेशको बजेटमा करोडकै तलमाथिको त्रुटि !

पोखरा । गण्डकी प्रदेश सरकारको बजेटबाट स्थानीय तहलाई दिने अनुदान शीर्षकमा २ अर्ब १० करोड ५५ लाख रुपैयाँ व्यय अनुमान विवरणमा उल्लेख छ । अर्थमन्त्री जीतप्रकाश आलले संसदमा बाचन गरेको बजेट वक्तव्यमा भने त्यसभन्दा २ करोड ३० लाख रुपैयाँ कम थियो । बजेट वक्तव्यको अनुसूचीमा भने २ अर्ब १० करोड ५५ लाख नै उल्लेख छ […]

गायक आशिष सचिन ३० लाखमा अनुबन्धित

काठमाडौं । युट्युवमा करिब १० करोड पटक हेरिएको नेपाली गीत दारी फुल्यो वैँशैमा चस्मा लाउँछौ पावर…का गायक आशिष सचिन वार्षिक ३० लाख रुपैयाँमा ओएसआर डिजिटलमा अनुबन्धित भएका छन् । दारी फुल्यो सहित एक कान दुई कान मैदान…, गलबन्दी पछ्यौरी…, ए मुना…सहित थुप्रै हिट गीत श्रोता माझ ल्याएका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले सोमबार अनुबन्धित गरेको […] The post गायक आशिष सचिन ३० लाखमा अनुबन्धित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘कबड्डी ४’ बन्यो सबैभन्दा धेरै कमाउने नेपाली फिल्म, १६ दिनमा २० करोड ग्रस

काठमाडौं । ‘कबड्डी ४’ले सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । फिल्मले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन छ । आइतबारको विवरण आउन बाँकी छ । […]

आर्थिक वर्ष सकिनै लाग्दा सुदूरपश्चिमको बजेट खर्च ३० प्रतिशत मात्रै

धनगढी– सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च ३० प्रतिशत मात्रै हुन सकेको छ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले पूँजीगततर्फ कुल १८ अर्ब १० करोड, ३० लाख ५५ हजार बजेट विनियोजन गरिएकोमा वैशाखसम्म पाँच अर्ब ५४ करोड ५८ लाख नौ हजार ६ सय ३२ रुपैयाँ मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रकको […]

एप्पलका सीईओले बुझे करीब १० करोड डलर तलबभत्ता

पुस २५, सन फ्रान्सिस्को (अमेरिका) ।  बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) टिम कुकले आर्थिक वर्ष २०२१ मा करीब १० करोड अमेरिकी डलर अर्थात् ११ अर्ब ८३ करोड रुपैयाँं तलबभत्ता बुझेका छन् । कम्पनीले यूएस सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन (सेक) लाई बुझाएको फाइलिङले यस्तो देखाएको हो । फाइलिङ अनुसार सो अवधिमा कुकले ९ करोड ८७लाख ३० हजार डलर तलबभत्ता बुझेका छन् ।  उनले पाएको सो तलबभत्ता कम्पनीका औषत कर्मचारीहरुले पाएको भन्दा १ हजार ४४७ गुणा बढी हो । गत आवमा कम्पनीले आफ्ना कर्मचारीहरुलाई औसत ६८ हजार २५४ डलर तलवभुक्तानी दिएको छ  । अघिल्लो वर्षको तलबभुक्तानी ५७हजार ७८३ डलर थियो । गत साता मात्रै कम्पनीको बजार पूँजीकरण ३० खर्ब अमेरिकी डलरभन्दा बढी  पुगेको थियो । विगत दुई वर्षदेखि आइफोन तथा अन्य प्रडक्टको माग बढ्दै गएकाले कर्मचारीसँगै सीईओको तलब सुविधा पनि बढेको कम्पनीलाई उद्धृत गर्दै सीएनबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।  समाचार अनुसार कुकले तलब मात्रै ३० लाख डलर लिएका छन् । कम्पनीको वित्तीय र वातावरणीय स्थायीत्व लक्ष्य पूरा गरे बापत उनले थप १ करोड २० लाख डलर पाएका छन् । व्यक्तिगत हवाई यात्रा, निजी सुरक्षा, बीमा प्रिमियमलगायत अन्य सुविधा बापत करीब १४लाख डलर थापेका छन् । ८ करोड २३ लाख डलर भने स्टक अवार्डमा पाएका छन् ।  अतिरिक्त कर कटाएर समग्रमा उनले २०२१ मा ९ करोड ८७ लाख डलर आम्दानी गरेका छन् ।  उनी कम्पनीमा २०११ को अगस्टबाट कार्यरत छन् । सन् २०१८ को अगष्ट यता कम्पनीको बजार पूँजीकरण तेब्बर भएको छ । त्यतिबेला पहिलो पटक बजार पूँजीकरणले १० खर्ब डलरको स्तर पार गरेको थियो ।  कोरोना भाइरसको महामारी बीच रिमोट लर्निङ र टेलिवर्क उपकरणको उच्चमाग बीच आइफोन र ल्यापटपको विक्री तीव्र दरमा बढेसँगै कम्पनीको शेयरमूल्य बढेको छ । बजार पूँजीकरण सन् २०२० को अगष्टमा २० खर्ब डलरमाथि उक्लियो । संगित वितरणलगायत अन्य व्यवसायमा सुदृढ प्रदर्शनले पनि कम्पनीको वृद्धिलाई टेवा दिएको हो ।एजेन्सीहरु