प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दा वृहत् पूर्ण इजलासमा लैजान प्रतिवादी पक्ष एवं सरकार असहमत देखिएको छ ।
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा महान्यायाधीवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूलाई वृहत् पूर्ण इजलासमा लैजान असहमति जनाएका हुन् । सरकार पक्षले संवैधानिक इजलासबाटै यो मुद्दाको छिनोफानो गर्नुपर्ने अडान राखेको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गरेका अधिवक्ताहरूले भने गम्भीर संवैधानिक विवादको टुंगो वृहत् पूर्ण इजलासबाट लगाउनुपर्ने बताएका छन् ।...