सिमकोट – हुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेल कोरोना संक्रमित भएका छन्। कोरोना लक्षणसँग मिल्ने रुघाखोकी तथा ज्वरो आएपछि उनले अस्पताल गएर कोरोना परीक्षण गराएका थिए। प्रजिअ सीता परियारले सहायक प्रजिअ पौडेल कोरोना संक्रमित भएको बताइन्। तीन–चार दिनदेखि उनलाई रुघाखोकी लागेको, ज्वरो आउने र टाउको पनि दुुख्न थालेपछि उनले कोरोना परीक्षण गरेका थिए। […]