नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । यसबारे शीर्ष नेताहरूबीच पहिल्यै समझदारी बनिसकेको उनले दाबी गरे ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आइतवार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै श्रेष्ठले माधव नेपालको पार्टीले दर्ताको प्रमाणपत्र पाएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । आधिकारिकताको लागि सनाखत गर्न निर्वाचन आयोगले नेपालको पार्टीलाई बुधवारको समय दिएको छ ।
...