सत्ता साझेदार प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एक–दुई दिनमै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । सकभर भोलि नै सरकारलाई पूर्णता दिने गरी सत्ता गठबन्धनबीच छलफल शुरू भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच यथाशीघ्र मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको हो ।
‘प्रधानमन्त्री नियुक्त भएको डेढ महिनासम्म स...