अन्ततः विभाजनको बाटोमा जसपा, कसले पाउला आधिकारिकता ?

काठमाडौं । लामो समयको अन्योलपछि अन्ततः जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रुपमै विभाजनको बाटोतर्फ अघि बढेको छ । जसपाका दुवै पक्षले निर्वाचन आयोगमा आधिकारिकताको दावी पेस गर्नेछन् भने आधिकारिकता पाउन नसक्ने पक्षले नयाँ दल दर्ताको विकल्प रोज्नुपर्ने भएको छ ।पार्टीको आधिकारिता सम्बन्धी विवाद लिएर निर्वाचन आयोगमा पुगेका दुवै पक्षसँग मंगलबार आयोगले छलफल गरेको थियो । छलफलमा दुवै पक्ष आ–आफ्नै अडानमा रहेपछि आयोगले आधिकारिकताको दावी पेस गर्न दुवै पक्षलाई समय दिएको छ । आधिकारिकतासम्बन्धी दावील

सम्बन्धित सामग्री

जसपा विवाद आज टुंगिदै, कसले पाउला आधिकारिकता ?

काठमाडौं।निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकता सम्बन्धी विवादको आज टुंगो लगाउने भएको छ।आयोगको इजलासमा आज अन्तिम बहस हुने र सकेसम्म आजै आदेश आउन सक्ने आयोग स्रोतले जनाएको छ।केन्द्रीय कार्यकारिणी समितिको बहुमत उपेन्द्र पक्षले दाबी गरेको छ।हाल जसपाको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर उपेन्द्र यादव पक्षको बहुमत देखिएको छ।पछिल्लो पटक महन्थ ठाकुर पक्षका केही सांसद यादव पक्षमा लागेका छन्।

जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगमा बहस, कसले पाउला आधिकारिकता?

जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारितासम्बन्धी विवादको टुंगो लगाउन निर्वाचन आयोग आज बहस भइरहेको छ।  आयोगले आजै बहस सक्नेगरी तयारी गरिरहेको आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले बताए।  जसपाको आधिकारिकता...

जसपा विवादमाथि आज अन्तिम बहस, कसले पाउला आधिकारिकता?

पार्टीको आधिकारिकता दाबी गर्दै उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आफ्नो दाबी पेश गरेका थिए।

जसपाको विवादसम्बन्धी इजलास निर्वाचन आयाेगमा सुरु, कसले पाउला आधिकारिकता ?

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षका कानुन व्यवसायीले आ-आफ्ना तथ्य र प्रमाणसहित इजलासमा उपस्थित भएका छन् ।