नेकपा एमालेका नेता भीम रावलले अछाम १ बाट कसले टिकट पाएको हो ? भन्ने आधिकारिकता बुझिरहेको बताएका छन् । उनले अछाम १ मा कसले टिकट पायो भन्ने आधिकारिकता पुष्टि नभएसम्म कुनै प्रतिक्रिया नदिने पनि बताए । रावलको निर्वाचन क्षेत्रमा एमालेले माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । रावलको निर्वाचन क्षेत्रसहित सुदूरपश्चिमका प्रतिनिधि सभातर्फका सबै (१५) निर्वाचन क्षेत्रमा उम्मेदवार तोकिसकेको छ । ‘म पनि सञ्चारमाध्यमहरू हेर्दैछु । आधिकारिकता के हो
काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले यादव पक्षलाई आधिकारिकता प्रदान गरेको जानकारी दिए।
निर्वाचन आयोगमा सोमवार भएको केन्द्रीय कार्यकारिणी समितिको सनाखद पश्चात आयोगले यादव पक्षलाई आधिकारिकता दिएको हो। सनाखदका क्रममा जसपा बन्दाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिक…
काठमाडौं : जनता समाजवादी पार्टी जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएको छ। निर्वाचन आयोगमा भएको हेड काउन्टको आधारमा अध्यक्ष यादव समूहलाई आधिकारिकता दिएको हो। निर्वाचन आयोगले आधिकारिकता टुंग्याउन जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई निर्वाचन आयोग बोलाएको थियो। अर्का अध्यक्ष महन्थ ठाकुर समूहमा १६ जना मात्रै उभिए भने यादव समूहको पक्षमा ३४ जनाले सनाखत गरेका थिए। निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका थिए।आधिकारिकता प्राप्त गरेपछि पार्टीबाट विभाजन नभएर केही व्यक्ति निस्केको ने
काठमाडौँ, ११ साउन: सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ । निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवादको टुङ्गो लगाउन आज पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको छ । आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ७ गते कानूनी बहस सकेर […]
काठमाडौँ । सत्ता समिकरणका दौरानमा दुई धारमा विभाजित भएको जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद थप चुलिँदै गएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेतृत्व गरेको समूह र अर्का अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको समूहले निर्वाचन आयोगमा आधिकारिकतालाई लागि दिएको निवेदनमा केही समयअघि आयोगले दुवै समूहलाई आधिकारिकता दिएको थिएन । पछि दुवै समूहले आधिकारिकता दाबी […]
रासस। राष्ट्रिय निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता इजलासमार्फत टुंग्याउने निर्णय गरेको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरले नेतृत्व गरेको समूह र अर्का अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको समूहले निर्वाचन आयोगमा आधिकारिकतालाई लागि दिएको निवेदनमा केही समयअघि दुवै समूहलाई आधिकारिकता दिइएको थिएन्। पछि दुवै समूहले आधिकारिकता दावी गर्दै आयोगलाई थप ध्यानाकर्षण गराएका थिए।
काठमाडौं, असार ५ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले आधिकारिकता दाबी गर्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। जसपाभित्र विवाद बढ्दै जाँदा अध्यक्ष यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले एकले अर्कालाई गरेको कारबाही अभिलेखीकरणका लागि पठाएको बेहोरा आयोगले अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकता दाबी गरेको हो। यसअघि गत आइतबार आयोगले […]
राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। प्रतिनिधिसभा विघटनपछि नेकपाका केपी शर्मा ओली समूह र दाहाल–नेपाल समूहले डेढ महिना छुट्टाछुट्टै बैठक, एकअर्कालाई कारबाही, आमसभा र पत्राचार गरेपछि आयोगमा औपचारिक रूपमा अधिकारिकता दाबी गर्दै निवेदन परेको हो।
दाहाल–नेपाल समूहले आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गरेको छ। ऐनको दफा ४३ मा दुई वा ...
आफ्नो पक्षको आधिकारिकता दाबी गरेका नेकपाका दुवै पक्षमध्ये निर्वाचन आयोगले कुनै पक्षको पनि दाबी स
अस्वीकार गरेको छ
आयोगको आइतबार बसेको बैठकले दुबै पक्षको आधिकारिकता अस्वीकार गरेको हो । नेकपामा नयाँ संशोधन र हेरफेर गर्न नमिल्ने निर्णय आयोग गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त सहितको बैठकले केपी ओली र प्रचण्ड–नेपाल पक्षले दाबी गरेको हेरफेर, संशोधन गर्न नमिल्ने र साविकको विवरण नै कायम रहेको निर्णय गर्दै दुबै अध्यक्षलाई जानकारी दिने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।