तिलोत्तमा नगरपालिकामा अनलाइन प्रणालीबाट राजस्व भुक्तानी शुरु

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अनलाइन प्रणालीबाट राजस्व संकलन शुरु गरिएको छ। यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने भएको छ। नगरपालिकाले शुरु गरेको डिजिटल प्रविधिको मंगलवार एक समारोहका बीच नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गरे। नगरपालिकाले सम्पत्ति कर, घर बहाल कर, व्यवसाय कर लगायतका राजस्वलाई जुनसुकै…

सम्बन्धित सामग्री

अनलाइन सेवा देशव्यापी बनाउनुपर्छ : मन्त्री ज्वाला

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइन सेवा देशव्यापी बनाउनुपर्ने बताएका छन्।बिहीबार ललितपुरमा सवारी चालक अनुमति पत्रको अनलाइन राजस्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले लाइसेन्स, राजस्व बुझाउन कार्यालयमा जानुपर्दैन, लाइन लाग्नुपर्दैन भन्ने कुराको सुनिश्चितता दिनुपर्ने आवश्यकता रहेको बताए। उनले तीन तहका सरकारको बीचमा समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तअनुसार अघि बढे कुनै पनि काममा सफल भइने

चितवनको खैरहनी नगरमा अनलाइन राजस्व भुक्तानी सेवा २० महीनापछि कार्यान्वयनमा

चितवन । जिल्लाको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा २० महीनापछि कार्यान्वयन गरेको छ ।  २०७८ पुस २६ गते अनलाइनमार्फत राजस्व भुक्तानी सेवाको शुभारम्भ गरिए पनि सफ्टवेयरमा समस्या हुँदा यो सेवा कार्यान्वयन हुन सकेको थिएन ।  हाल सिस्टमको विकास गरी यो सेवा कार्यान्वयनमा ल्याइएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश चौधरीले जानकारी दिए । बिहीवार नगर प्रमुख शशीकुमार खनियाँले कर तिरेपछि यो सेवा कार्यान्वयनमा आएको हो । यो सेवाको जानकारी गराउने र प्रचारप्रसार गर्ने उद्देश्यले बिहीवार जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रमसमेत गरिएको छ ।  नगरपालिकाले यो सेवालाई प्रभावकारी बनाउन सवै वडामा शिविर सञ्चालन गर्ने प्रमुख खनियाँले प्रतिबद्धता जनाए । यो सेवामार्फत जुनसुकै ठाउँबाट पनि राजस्व भुक्तानी गर्न सकिनेछ । यसले समय र खर्चको बचत हुनुका साथै सहज र पारदर्शीसमेत हुने नगरप्रमुख खनियाँको भनाइ छ ।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले कर्मचारी थपेर व्ययभार बढाउनुभन्दा विद्युतीय माध्यमबाट गरिएको सेवा प्रवाह प्रभावकारी बन्ने बताए । यो सेवामार्फत बाहिरी जिल्लामा रहेका सेवाग्राहीलाई लाभ हुने उनको भनाइ छ ।  वेबसाइटमार्फत भुक्तानी भएपछि सेवाग्राहीको अद्यावधिक हुने र दोस्रो पटकदेखि मोबाइलबाटै राजस्व तिर्न सकिने नगरपालिकाले जनाएको छ ।  राजस्व बुझाएपछि यसको सन्देश इमेल र मोबाइलमा आउने छ । यो सेवा कार्यान्वयन भएसँगै करदाताले सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाल करलगायत कर, दस्तुर तथा सेवा शुल्क घरमै बसेर दाखिला गर्न सक्ने भएका छन् । साथै आफूले तिर्नुपर्ने करबारे जानकारीसमेत पाउन सक्नेछन् ।  करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ई–सेवा, खल्ती, फोन पेलगायत)बाट राजस्व तिर्न सक्ने चौधरीले जानकारी दिए ।

अनलाइन राजस्व भुक्तानी : कमजोर प्रणालीले आयातकर्तालाई हैरानी

वीरगञ्ज । भन्सार जाँचपास प्रक्रियालाई पारदर्शी र छरितो बनाउन भन्सार विभागले वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारमा राजस्व भुक्तानीमा अनलाइन प्रणाली अनिवार्य गरेको ४ महीना बितिसक्यो । तर, सेवाप्रदायकको प्रणाली अद्यावधिक नहुँदा आयातको खर्च बढिरहेको छ ।  गत शनिवार वीरगञ्जका उद्यमी सुरेश रुंगटाका २४ ओटा कन्टेनर बन्दरगाह भन्सारमै थन्किए । बिहीवारदेखि नै भन्सार विभागको सर्भरले राम्ररी काम गरेको थिएन । छोटो समयका लागि सर्भर चल्दा राजस्व त बुझाए तर शनिवार दिनभर सर्भरले काम नगरेपछि उनले कन्टेनर भन्सारबाट बाहिर निकाल्न पाएनन् ।  ‘राजस्व तिरिसकेको मालसामान पनि निकाल्न पाइएन । प्रतिकन्टेनर ५६५ रुपैयाँका दरले तिर्नुपर्ने पटके दस्तुर बुझाउन नमिलेपछि कन्टेनर बन्दरगाहमै थन्किए,’ रुंगटाले आर्थिक अभियानसित भने ।  भारत तथा तेस्रो मुलुकबाट रेलमार्फत आउने अधिकांश मालसामान यही भन्सारबाट भित्रिन्छ । भन्सार, नेपाल क्लियरिङ हाउस र भुक्तानीसम्बद्ध बैंकको प्रणालीगत समस्याका कारण आयातकर्ताले हैरानी भोगिरहेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए ।  यो बन्दरगाह भन्सारमा राजस्व भुक्तानीलाई पूर्णरूपमा अनलाइन गरिएको छ । भन्सार विभागले परीक्षणका रूपमा बन्दरगाह भन्सारमा शुरू गरेको अनलाइन भुक्तानी गत माघ १ देखि अन्य भन्सारमा पनि लागू गरेको छ । तर, अरू भन्सारमा चेकमार्फत पनि तिर्न सक्ने व्यवस्था छ ।  भन्सार विभागको सर्भर र आशिकुडा प्रणालीमा बारम्बार समस्या आउने गरेको सेवाग्राही बताउँछन् । भन्सारको प्रणाली नचल्दा राजस्व भुक्तानीलगायत जाँचपास अवरुद्ध हुने राजपालको भनाइ छ ।  भन्सारको प्रणाली र अनलाइन प्रणालीका अन्य सेवाप्रदायकको प्रक्रियागत समस्याका कारण समस्या देखिएको सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकारी सन्तोषकुमार न्यौपानेले बताए ।  ‘भन्सारको सर्भर र आशिकुडा प्रणाली पुरानो भएकाले कहिलेकहीँ अनलाइन भुक्तानी अवरुद्ध हुने गरेको छ । यो भन्सारमा प्रोक्सी सर्भर राखेर विभागको मूल सर्भरमा अद्यावधिक हुने गरी मिलाउने विषयमा कुरा भइरहेको छ,’ सूचना अधिकारी न्यौपानेले भने । क्लियरिङ हाउस र बैंकको प्रक्रियागत समस्याले पनि अनलाइन भुक्तानी समयमा हुन नसकेको भन्सारले बताएको छ । २० लाख रूपैयाँभन्दा बढी भुक्तानीमा तहगत स्वीकृति लिनुपर्ने क्लियरिङ हाउसको व्यवस्थाले ढिलाइ भएको हो ।  सेवाप्रदायकको प्रणालीगत सीमितताका कारण भुक्तानीमा झन्झट थपिएको र भन्सार जाँचपासमा ढिलाइ भएको आयातकर्ताले बताएका छन् । यो भन्सारबाट जाँचपास हुने एक तिहाइभन्दा बढी कन्साइन्मेन्टमा राजस्वको यो सीमा लागू हुने आयातकर्ता बताउँछन् । भन्सारका कर्मचारीले साँझ ६ बजेसम्म जाँचपास गरे पनि क्लियरिङ हाउसले ५ बजेपछि गरिएको अनलाइन भुक्तानी भोलिपल्टमात्रै भन्सारको खातामा पठाउने भएकाले १ दिन बढी समय लाग्ने गरेको आयातकर्ता बताउँछन् । यसअघि गुड फर पेमन्ट चेकमार्फत साँझ ६ बजेसम्म ३६५ दिन नै काम हुने गरेको थियो । सेवाप्रदायकले आफ्नो प्रणाली र प्रक्रिया सुधार नगर्दा आयातको लागत बढिरहेको उद्यमी रुंगटाको गुनासो छ । भन्सार जाँचपासलाई छरितो बनाउन प्रणालीमा तत्काल सुधार गर्नुपर्ने संघका उपाध्यक्ष राजपालले बताए ।

खैरहनी नगरपालिकाले शुरू गर्‍यो अनलाइन राजस्व भुक्तानी सेवा

चितवन (अस) । चितवनको खैरहनी नगरपालिकामा अनलाइन विद्युतीय प्रणालीबाट राजस्व तिर्न व्यवस्थाको शुरू भएको छ । यहाँका नगरवासीले अब घरमै बसेर राजस्व तिर्न पाउने सेवा नगरपालिकाले उपलब्ध गराएको हो । विद्युतीय भुक्तानीमार्फत राजस्व तिर्न सक्ने सेवा उपलब्ध गराउने जिल्लाका स्थानीय तहमध्ये खैरहनी पहिलो समेत बनेको हो । एक महानगरपालिका समेत रहेको चितवनमा सात पालिका छन् । अन्यमा यो सेवा हालसम्म शुरू भएको छैन । खैरहनी नगरपालिका सूचना तथा प्रविधि अधिकृत सुरेश चौधरीका अनुसार पहिलोपटक वेबसाइटमार्फत भुक्तानी भएपछि सेवाग्राहीको अद्यावधिक हुने र दोस्रो पटकदेखि मोबाइलबाटै राजस्व तिर्न सकिन्छ । सिफारिश बाहेकका राजस्व यो सेवामार्फत तिर्न सकिनेछ । राजस्व बुझाएपछि राजस्व तिरेको सन्देश ईमेल र मोबाइलमा आउने उनले जानकारी दिए । खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले विद्युतीय भुक्तानीको शुभारम्भ गर्दै यो सेवालाई प्रचारप्रसार गरेर अभियानका रूपमा नगरवासीमा पुर्‍याउनुपर्ने बताए । मेयर चौधरीले विज्ञान र प्रविधिले मान्छेको जीवनलाई सहज बनाउने भन्दै नगरपालिकाको सेवा सुविधा र सुशासन कायम गर्न यो प्रविधिले मद्दत पुग्ने बताए । साथै, सेवाले शासन प्रणाली जनमुखी, सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बन्नुका साथै सार्वजनिक सेवालाई भरपर्दाे, सुलभ, गुणस्तरीय र पहुँचयोग्य बन्न सहयोग पुग्ने पनि मेयर चौधरीको भनाइ छ । खैरहनी–२ का वडाध्यक्ष एवं सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समितिका संयोजक टीकादत्त इटनीको अध्यक्षतामा भएको सेवा शुभारम्भ कार्यक्रममा खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले राजस्व तिर्ने विषय महŒवपूर्ण भएकाले यो सेवाले नगरवासीलाई सहज हुने बताए । अहिले खैरहनीमा इलेक्ट्रोनिक सिस्टमबाट राजस्व तिर्ने व्यवस्था छ । केही दिनअघि मात्रै खैरहनी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि आन्तरिक नियन्त्रण प्रणालीको समेत सेवा शुरू गरिसकेको छ । संघीय मन्त्रालयले गरेको स्वमूल्यांकन र सूचना प्रविधि लेखाजोखामा खैरहनी नगरपालिका जिल्लामा प्रथम भएको थियो ।

भन्सारको राजस्व भुक्तानी अब अनलाइनबाट

भन्सार कार्यालयहरुबाट संकलन गरिने सबै प्रकारका राजस्व अब अनलाइन प्रणालीमा आधारित हुने भएको छ ।

थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत

सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिकाले विद्युतीय राजस्व भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले जग्गा, घर भाडा, सवारी साधन, व्यवसाय , मालपोत, सम्पत्ति करलगायतका अन्य कर तथा शुल्कको भुक्तानी प्रक्रिया अनलाइनबाट तिर्न सजिलो होस् भन्ने ध्येयले सो प्रणाली लागू गरेको हो । गाउँपालिका अध्यक्ष असिम राईले अनलाइनबाट सेवा प्रदान गर्न ‘करदाता पोर्टल’ कार्यान्वयनमा ल्याएको जानकारी […]

अनलाइनबाट नगरपालिकाको राजस्व भुक्तानी शुरु

जिल्लाको मध्यबिन्दु नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी शुरु गरेको छ । मध्यविन्दु–१५ का देशबहादुर गुरुङको सम्पत्ति कर भुक्तानी गर्दै नगरपालिकाले अनलाइन राजस्व भुक्तानी शुरु गरेको हो । मध्यबिन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले अब नगरवासीले सम्पत्ति तथा भूमी, व्यवसाय र घरबहाल कर भुक्तानीको लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नु नपर्ने बताए ।विद्युतीय भुक्तानी शुरु भएपछि नगरपालिकाका स्थानीय करदाताहरूले घरमा नै बसेर अनलाइन मार्फत राजश्व भुक्तानी गर्न सक्ने नगरप्रमुख रानाले

यातायात सम्बन्धी राजस्व भुक्तानी कनेक्ट आईपीएसमार्फत अनलाइनबाटै

काठमाडौं  । बागमती प्रदेशका यातायात सम्बन्धी कर/राजस्वहरु विद्युतीय माध्यमबाट कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत बागमती प्रदेशको यातायात सम्बन्धी लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्थाको थालनी बाग्मती प्रदेश सरकारले गरेको हो । अनलाइन व्यवस्थाको सुरुवात ८ साउन, २०७८ मा […]

सवारी धनीबाट राजस्व भुक्तानी अनलाइन सेवाको शुभारम्भ

काठमाडौँ/ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित प्रदेशमा सवारी साधनको राजस्व अनलाइन भुक्तानी गर्ने सूचना प्रणालीको उद्घाटन गरे ।  उनले

अब सवारी कर नागरिक एपबाटै तिर्न सकिने, यस्तो छ व्यवस्था

पहिलोपटक वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी कर अनलाइन प्रणाली नागरिक एपबाटै तिर्न सकिने व्यवस्था मिलाएको छ ।  अनलाईन भुक्तानी तथा सेवाको गृहकार्य गरिरहेको मन्त्रालयले प्रदेश यातायात कार्यालय अन्तर्गत दर्ता भएका सवारी साधनको राजस्व भुक्तानी, नवीकरण, जरिवाना लगायत दस्तुर अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको हो ।सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै अनलाइन प्रणालीमार्फत राज