एमाले संसदीय दलका नेता केपी शर्मा ओली नयाँ प्रधानमन्त्रीमा नियुक्त भएसँगै यसअघिको मन्त्रिपरिषद्का सदस्यहरु पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता ओलीलाई बिहीवार संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्री ओलीले भोलि दिउसो पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । दिउँसो २ बजे राष्ट्रपति कार्यालय शितल निवासमा ओलीले प्रधानमन्त्रीको शपथ लिने तयारी भएको छ ।
शपथ लिएपछि ओलीले भोलि नै मन्त्रिपरिषद् विस्तार गर्ने एमाले स्रोतले बतायो...