डढेलोले बैतडीमा तीन सय हेक्टर वन क्षेत्र सखाप

बैतडी । डढेलोका कारण यो वर्ष बैतडीको तीन सय हेक्टर वन क्षेत्र सखाप भएको छ । यहाँका २० भन्दा बढी सामुदायिक वनमा लागेको डढेलोका कारण तीन सय हेक्टर वन क्षेत्र सखाप भएको हो ।   सामुदायिक वनमा डढेलो लागेका कारण लाखौंका वन सम्पदा जलेर नष्ट हुनुका साथै वन्यजन्तुसमेत प्रभावित भएका डिभिजन वन कार्यालय, बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । मानवबस्ती आसपासका सल्लेरी वन क्षेत्रमा डढेलो बढी लाग्ने गरेको छ । स्थानीय उपभोक्ताको लापरवाहीकै कारण बढीजसो आगलागीका घटना हुने गरेका छन् । उनले भने, ‘वनमा घाँस पलाउँछ भन्ने गलत मानसिकताका कारण पनि वनमा डढेलो लगाउने गरेका छन्, यसले लाखौंका वन सम्पदा जलेर नष्ट हुनुका साथै वन्यजन्तु प्रभावितका साथै मर्नेसमेत गरेका छन् ।’ जिल्लाको सिँगास गाउँपालिका क्षेत्रका सामुदायिक वनमा बढी डढेलो लागेको छ । सिँगासका आठओटा  सामुदायिक वनको दुई सय ९६ हेक्टर क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । सिँगासको घट्टे सामुदायिक वन, सिँगास भूमिराज सामुदायिक वन, सिँगास बोटविरुवा सामुदायिक वन, धुरा सामुदायिक, उदयदेव सामुदायिक वन, महादेव सामुदायिक वन, सिँगास साँगडा सामुदायिक वन र खेती सामुदायिक वनमा डढेलो लागेको हो । पाटन नगरपालिकाअन्तर्गतका उदयदेव, दहवयाला, ठूलीखाली र महारुद्र सामुदायिक वनमा गरी २२ हेक्टर, मेलौलीको गोपेश्वर दन्नी, अमरगढी र महादेव सामुदायिक वन गरी १६ हेक्टर, दशरथचन्द नगरपालिकाको रामपातल र श्री केदार सामुदायिक वन गरी २ दशमलव ५, पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा तीन/तीन हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको भए पनि सामुदायिक वनमा आगलागीका घटनामा कमी आउन नसकेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । डिभिजन वन कार्यालयमार्फत डढेलो नियन्त्रणसम्बन्धी विद्यालय शिक्षासँगै स्थानीय तहका प्रतिनिधिसँग बेलाबेला छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने गरेको छ । उनले भने, ‘वन डढेलो नियन्त्रणका लागि वन कार्यालय जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । यसमा स्थानीय सरकारको पनि ध्यान जान सकेको छैन ।’ लामो समयसम्म पानी नपर्दा सुख्खापन बढेका कारण यो वर्ष अन्य वर्षको तुलनामा डढेलोको जोखिम बढी भएको हो । सामुदायिक वनको कार्ययोजनामा वन डढेलो कसरी नियन्त्रण गर्ने भन्ने कुरा उल्लेख भए पनि त्यसको कार्यान्वयन भने हुन नसकेको कँडेलको भनाइ छ । सामुदायिक वनले आफ्नो कार्ययोजनाअनुसार काम नगर्ने र उपभोक्ताले पनि क्षणिक फाइदाका लागि वनमा आगो लगाउने गरेकाले वन डढेलोको जोखिम बढी हुने गरेको डिभिजन वन कार्यालय, बैतडीले जनाएको छ ।  डढेलोका कारण लाखौंका वनसम्पदा, वन्यजन्तु नष्ट हुने, मानवीय क्षतिसँगै वातावरणमा प्रभाव पर्ने भए पनि डढेलो नियन्त्रणका विषयमा समुदायस्तरमा चेतनाको कमी रहेको कँडेलले बताए । रासस

सम्बन्धित सामग्री

ताप्लेजुङमा १८९ हेक्टर वन क्षेत्र अतिक्रमण

ताप्लेजुङमा सामुदायिक वन क्षेत्रको अतिक्रमण बढ्दै गएको छ। जिल्लाको करिव १८९ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले १८९.६ हेक्टर वन क्षेत्र...

ताप्लेजुङमा करिव १८९ हेक्टर वन क्षेत्र अतिक्रमित

ताप्लेजुङको करिव १ सय ८९ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको पाइएको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार संस्थागत तथा व्यक्तिगत रुपले १८९.६ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको हो।...

कैलालीको वन क्षेत्र घट्दै

गोदावरी – पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन क्षेत्र घट्दै जान थालेको छ। जिल्लामा व्यक्ति विशेष, मुक्त कमैया, सुकुम्बासी, बाढीपीडित, पहिरोपीडितबाट संस्थागतरूपमा वन अतिक्रमण हुन थालेपछि वनको क्षेत्र घट्दै जान थालेको हो। पूर्व–पश्चिम राजमार्गको उत्तरपट्टि खुटिया दिपायल द्रुतमार्ग तथा सेती लोकमार्ग निर्माणले तराईको भावर र चुरे क्षेत्रको वन विनाश हुने देखिएको छ। भावर र चुरे […]

खनिजजन्य उद्योगका लागि वन क्षेत्र दिने गरी कानुन बन्दै

२८ वैशाख, काठमाडौं । सरकारले खनिजजन्य उद्योगका लागि समेत वन क्षेत्र उपलब्ध गराउन सक्ने गरी कानुन संशोधन गर्न लागेको छ । वन ऐन २०७६ लाई नै संशोधन गरेर केबुलकार, साहसिक पर्यटन र खनिजजन्य उद्योगको प्रयोजनका लागि वन क्षेत्र उपलब्ध गराउन लागिएको हो । प्रचलित ऐन २०७६ को दफा २६ मा कबुलियती वन प्रदान गर्ने सम्बन्धी […]

दार्चुलाका सामुदायिक वन क्षेत्र अतिक्रमणमा

काठमाडौँ,१२ फागुन । दार्चुलामा रहेका सामुदायिक वन क्षेत्र अतिक्रमणका चपेटामा पर्न थालेका छन् । सामुदायिक वनबाट दिनप्रतिदिन वन्यजन्य पदार्थ चोरी तथा वन जङ्गल जथाभावी फँडानी हुँदा अतिक्रमणका चपेटामा पर्न थालेका हुन् । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार जिल्लाभरि एक सय ७८ सामुदायिक वन क्षेत्र छन् । तीमध्ये मानिसको बस्ती नजिक भएका सामुदायिक वनको भूभाग अतिक्रमणमापरेको छ […]

लुम्बिनी प्रदेशमा वन क्षेत्र साँघुरिँदै

लुम्बिनी प्रदेशमा वन क्षेत्र साँघुरिँदै गएको छ । द्वन्द्व, प्राकृतिक विपत्ति, आन्तरिक बसाईंसराई, गरिवीजस्ता कारणले वन क्षेत्र साँघुरिँदै गएको हो । लुम्बिनी प्रदेशको वन निर्देशनालयका अनुसार अनधिकृत अतिक्रमणको कारण प्रदेशको वन क्षेत्र १.५ प्रतिशतले खुम्चिएको छ ।प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा ८३४६, कपिलवस्तुमा २३८८, दाङ २१३४ दशमलव १, पश्चिम नवलपरासी ७४६ दशमलव १, बाँके ६०४ दशमलव ४, बर्दिया २८८ दशमलव ८ गुल्मी ८४, रोल्पा ५१ दशमलव २, अर्घाखाँची १८ दशमलव ३, प्यूठान १४ दशमलव ८, पाल्पा १०, गरी कुल १४

डढेलोले उजाड हुँदै महोत्तरीका वन क्षेत्र

महोत्तरी । दिनदिनै बढेको डढेलोले महोत्तरीका वन क्षेत्र उजाड हुँदैछ । चैतको चर्को घाम र हावा-बतासबीच डढेलो लाग्ने क्रम बढ्दा वन क्षेत्र उजाड बन्दै गएको हो । अहिले पूर्वपश्चिम राजमार्गका वारिपारि वन क्षेत्रमा एकाबिहानैदेखि धुँवाको मुस्लो देखिन्छ । डढेलोसँगै काँचा लाथ्रा काटिने क्रम बढेपछि जिल्लाको वन क्षेत्र उजाड हुँदै गएको छ । बर्दिवास र गौशाला […]

वन क्षेत्र अतिक्रमण गरि बनाइएको पक्की घर भत्काइयो

काठमाण्डाै - डिभिजन वन कार्यालय दाङले एक वर्षमा झण्डै १५ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गरि वृक्षारोपण गरेको छ । अतिक्रमित एक सय हेक्टर वन क्षत्रमध्ये झण्डै १५ हेक्टर वन क्षेत्र खाली गराएर बोटबिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिकाकाे एक, बबई गाउँपालिकाको तीन र शान्तिनगर गाउँपालिकाको एक गरि ५ ठाउँमा गरिएको अतिक्रमण खाली बनाइएको छ । वन क्षेत्र अतिक्रमण गरि पक्की घरसमेत बनेका ठाउँमा भत्काएर खाली गराइएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।...

वन क्षेत्र अतिक्रमण गरि बनाइएको पक्की घर भत्काइयो

काठमाण्डाै - डिभिजन वन कार्यालय दाङले एक वर्षमा झण्डै १५ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गरि वृक्षारोपण गरेको छ । अतिक्रमित एक सय हेक्टर वन क्षत्रमध्ये झण्डै १५ हेक्टर वन क्षेत्र खाली गराएर बोटबिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिकाकाे एक, बबई गाउँपालिकाको तीन र शान्तिनगर गाउँपालिकाको एक गरि ५ ठाउँमा गरिएको अतिक्रमण खाली बनाइएको छ । वन क्षेत्र अतिक्रमण गरि पक्की घरसमेत बनेका ठाउँमा भत्काएर खाली गराइएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।...

अतिक्रमित वन क्षेत्र खाली गराइ वृक्षाराेपण गरियाे

दाङ – सामुदायिक वन क्षेत्र अतिक्रमण गरी खेतीपाती गर्दै आएको करिब ५ कठ्ठा जग्गा डिभिजन वन कार्यालय दाङले आज शनिवार खाली गराएको छ । घोराही उपमहानगरपालिका वडा नं ५ धर्नाको बसन्तपुर सामुदायिक वन क्षेत्र अतिक्रमण गरी लगाएको मकै खेती खाली गराएको हाे । अतिक्रमित वन क्षेत्र खाली गराइ त्याे ठाउँमा आजै वृक्षारोपण पनि गरिएको छ । स्थानीय खिमबहादुर सार्कीले सामुदायिक वन क्षेत्र अतिक्रमण गरी खेतपाती गरेका थिए । अहिले त्यहाँ ५० वटा खयरका बिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङका निमित्त प्रमुख भक्तबहाद...